दिपावली साँझमा मन्त्र ब्याण्ड

धरान । तिहार त्यसैपनि रमाइलो चाड । लक्ष्मी पुजाको साँझदेखि देउसी भैलो र विभिन्न क्लबहरुको सांगीतिक कार्यक्रमहरु शुरु हुन्छ । केटाकेटी, युवायुवतीदेखि वृद्धवृद्धाहरुसम्म तिहारमा खुब रमाउछन् ।
तिहार शुरु हुनुअगावै बिहिबार साँझ भने धरानमा बेग्लै रौनक छायो । तिहारको पहिलो दिन काग तिहारभन्दा अघिल्लो साँझमा नै धरान १८ स्थित बीपी सुन्दर बजारमा तिहारको रमझम थियो । हरेक बर्ष लक्ष्मी पुजाको अघिल्लो साँझ हुदै आएको दिपावली म्युजिकल नाइट यो बर्षभने एक दिनअघि नै आयोजना भएको थियो । फेन्टासी धरानद्धारा आयोजित सांगीतिक कार्यक्रममा स्थानीय कलाकार, नेपालका युवा गायकको प्रस्तुतीसँगै मेची पारी दार्जिलिङको चर्चित ब्याण्ड मन्त्रले पनि दमदार प्रस्तुती दियो ।
तिहार शुरु हुनुअगावै धरानका युवायुवतीहरु भने दिपावली नाइटमा रमाए । निःशुल्क आयोजना भएको कार्यक्रममा युवायुवतीहरुको थामिनसक्नु भीड थियो । युवा पुस्ता माझ परिचित मन्त्र ब्याण्डले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर पुनः धराने युवा पुस्ताको मन जित्यो । यही हो मेरो देश..बोलको गीतबाट प्रस्तुती शुरु गरेको मन्त्रले तर झिल्केले हाम्रो कुरा सन्दैन.., सिरमा टोपी नहोला हाम्रो.., आकाशमा चिल उड्यो.., सधै सधै.., एकान्तमा..लगायत गीतहरु गाएको थियो । आफ्नो प्रस्तुतीलाई विट मार्ने क्रममा मन्त्रले बहुचर्चित गीत वीर गोर्खाली..गाएको थियो । मन्त्र ब्याण्डअघि गायक भुवन सुप्तीहाङ राई र पदम राईले पनि गाएका थिए भने हाम्रो डान्स सेन्टरका कलाकारहरुले नृत्य पनि प्रस्तुत गरेका थिए । यो कार्यक्रम फेन्टासी धरानको ७ औं प्रस्तुती हो ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे