भेडेटारमा चंगाचेट उत्सव

धरान । वडा दशैंको अवसर परेर पर्यटकीयस्थल भेडेटारमा दुई दिने दोस्रो चंगाचेट उत्सव शुरु भएको छ । भेडेटार होटल एशोसिएशनको आयोजनामा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले शुक्रबारदेखि प्रतियोगितात्मक चंगा चेट उत्सव शुरु भएको हो ।
उत्सवको धनकुटा प्रजिअ प्रेमप्रकाश उप्रेती, पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुमन घिमिरे र पर्यटन सद्भावना दुत कृतिका गिरीलगायतले चंगा उडाएर उत्सवको उद्घाटन गरेका थिए । राजधानीबाहिर उत्सवकोरुपमा मनाउन शुरु गरिएको चंगा चेट उत्सवमा रमाउन शुक्रबार भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकहरु ठुलो संख्यामा पुगेका थिए ।
उत्सव उद्घाटन अवसरमा बिहान धरानबाट युवाहरुको टोली साइक्लिङ गर्दै भेडेटार पुगेका थिए । साइक्लिङको संयोजन राइडर्स एण्ड एमटिबि जोनले गरेको थियो । धरानबाट ५० भन्दा बढी यवाहरु साइकल चलाउदै भेडेटार गएका थिए । चंगा चेट कार्यक्रमसँगै गायन र नृत्यको प्रस्तुतीले पर्यटकहरुलाई थप मनोरञ्जन दिलाएको थियो । चंगा चेटको विजेतालाई सिक्किम, पोखरा र भेडेटार टुर प्याकेजसहित वाइन दशैं उपहार दिइने होटल एसोसिएसनका अध्यक्ष लिलाराज लावतीले बताए ।
उत्सवमा पुर्वेली मगर जातिको मौलिक नृत्य हुर्रासँगै गरिमा डान्स सेन्टरका कालाकारहरुको नृत्य प्रस्तुती थियो । यस्तै, गायक नवराम राई र गंगा वरदानले गीत गाएका थिए । पहिलो चंगा चेट उत्सवले नै पर्यटकहरुको मन जितेकोले दोस्रो सँस्करण पनि आयोजना गरिएको एसोसिएसनका सचिव जीतेन्द्र रुम्दाली राईले बताए । उनले भने–‘उत्सवले पर्यटन प्रर्वद्धन र विकासमा सहयोग पुग्नेछ ।’ पर्यटन बोर्डका वरिष्ठ अधिकृत घिमिरेले पर्यटकीय गन्तव्यमा चंगाचेट जस्तो कार्यक्रमहरुले आन्तरिक पर्यटकलाई घुमफिर गर्ने वातावरण सृर्जना हुने र यसले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने धारणा राखे । सरकारले २०७३ सालाई घुमफिर वर्ष घोषणा गरेकोले दिगो पर्यटन विकासमा यसले मद्दत पुग्ने उनको भनाई थियो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे