सुलिकोटको तिर्सना
यात्रा सधै सुखद मात्र हुदैन । पीडादायी पनि हुन्छ । तर, त्यही पीडादायी यात्रा पनि जीवनमा अविष्मरणीय बन्दो रहेछ । धराने हाइकर्सले यो साता(भदौ २९ गते) यस्तै अविष्मरणीय पदयात्राको अनुभव ग¥यो । गन्तव्य थियो, धरान उत्तर पश्चिममा अवस्थित सुलिकोट । सुलिकोटको इतिहास सेनकालीन राज्यको राजधानी विजयपुरगढीसँग सम्बन्धित छ । तत्कालीन राजाहरुले वदमासहरुलाई सजाय दिनुपर्दा यही ठाउँमा मृत्युदण्ड दिने गर्थे रे । तर, नेपाल एकीकरणताका भने गोर्खाका राजा पृथ्वीनारायण शाहले सेनवंशीलाई जितेपछि ‘चोरलाई चौतारो साधुलाई सुलि’ भन्ने हौवा फिजाएका हुन् रे, हारेकाहरुलाई वदनाम गराउन ।
सुलिकोट बारे र ‘चोरलाई चौतारो साधुलाई सुलि’ भन्ने उक्ति धेरै अघिदेखि सुनिएको हो । धरान नजिकै पनि छ, सुलिकोट । तरपनि पुग्ने तिर्सना मेटिएको छैन । कस्तो होला सुलिकोट ? चोर, वद्मासहरुलाई चढाइने सुलि अझै होला ? कि विजयपुरगढीको झै इतिहास नामेट भयो ? यस्तै यस्तै तर्कनाहरु मनमा आइरहन्थे । विजयपुरको ऐतिहासिक दरबारस्थल, पुरात्तात्विक महत्वका सामग्रीहरु संरक्षणको अभावमा सबै लोप भइसकेको छ ।
धराने हाइकर्स टोली १० जनाको भयो । टोलीमा जसकुमार राई, भैरव आङ्ला, सविता राई, सरुपा थापा मगर, इक्सा मादेन, टिना चोङवाङ, सेम्माङ देवान र बिक्रम मादेम्बा । धेरैजसो प्रत्येक साता दोहोरिने अनुहार । हाइकर्सको छैटौं हप्तामा भने इटहरीबाट अग्रज रेडियो पत्रकार अर्जुन उप्रेती पनि सामेल भए । धराने युवा पत्रकारहरुको हाइकिङ अभियानबाट उनी प्रभावित भएका रहेछन् । सामाजिक सञ्जालभरि हाइकर्स साथीहरुको इष्र्यालाग्दो सुन्दर तस्बिरहरु छाएको थियो । उनको मन थामिएन । बुधबार बिहानै एउटा मात्र क्लास लिएपछि कलेज बंक गरेर सुलिकोट चढ्न धरान आइपुगेका थिए उनी । समाजशास्त्रमा स्नातकोत्तर उनी इटहरीका कलेजमा पढाउछन् पनि ।
जसकुमार दाई, भैरव आङला र अर्जुन उप्रेती दशकअघिसम्म इटहरीको सप्तकोशी एफएमका सहकर्मी थिए । तीनै जना रेडियो पत्रकारिताको अनुभवका खानी हुन् । विगतका कुरा सम्झदै घरि भावुक बने, घरि हसाए । बाटैभरि उनीहरुको कुरा मनन्योग्य थिए । अझ सरुपा, इक्सा, टिना र सेम्माङ त रेडियो कार्यक्रमका प्रस्तोताहरु हुन् । उनीहरुले यो पटक रेडियो पत्रकारिताबारे धेरै ज्ञान बटुले ।
नजिकका साथीभाईले अर्जुन दाईलाई ‘मौरी मामा’ पनि भन्दा रहेछन् । मौरीको मह काढ्न अर्जुन दाई खप्पीस छन् रे । उनी पुर्वको धेरै ठाउँमा मह काढ्न गइसकेका रहेछन् । मौरीको मनोविज्ञान बुझ्न सके मह काढ्न सजिलो हुने तरिका बुझाए । मह काढ्न जादा अदुवा चपाउदै जाने गरेको र स्वाँस छोड्दा पिरोले मौरी भागेपछि मह काढ्न सकिने । सजिलो तरिकाले मह काढेको देखेर अरु छक्क पर्थे रे । उनी भने अदुवा चपाएकोलाई मन्त्र फुकेको भनेर गफ दिदा रहेछन् । उनको गफले सबै मज्जाले हाँस्यौं । यस्तै गफले त बाटो काट्न सहज बनेको छ ।
गुरुङछाप मुनि आपटारमा थकाइ मा¥यौं । त्यहाँ जगत राईको घर छ । घरमै पसल । ताजा काक्रा टिप्न लगाएर नुन खोर्सानीमा चोबल्दै खायौ । आह, कति मिठो । एक जनाले दुई, तीन चिरा नै पो काक्रा खाइयो । आगनमा फुलबारी छ । त्यहाँ रंगीचंगी पुतली आए । फोटो खिच्यौं । आपटारबाट भने अलिक ठाडो उकालो हिड्नुपर्छ । गाडीको बाटो जाने भए खासै उकालो छैन । तर, चिण्डे डाँडा(रमिते) उक्लिन यही छोटो तर उकालो बाटो नै हिडिन्छ । केहीबेरको परिश्रमपछि उक्लियौं चिण्डे डाँडा । वाह धरान ! यहाँ पुगेपछि सबै थकान मेटिन्छ । भिरालो डाँडामा बसेर धरान नियालीरहँु लाग्छ । फोटो सेसन त छुट्नै कुरै भएन । समुहमा, एक्ला एक्लै फोटो खिचियो ।
डाँडामै छ, प्रेमकुमार राईको घर र होटल । चिउरा, चाउचाउ, डल्ले खोर्सानी, प्याजलगायत बोकेरै गएका थियौं । प्रेम दाईलाई आरी माग्यौं र चटपटे बनायौं । भोक निक्कै लाग्या रहेछ, झण्डै एक आरी चटपटे रित्तियो । हामी त अझै माथि पुग्नु थियो, सुलिकोट । सुलिकोट पुगेर फर्कदा लोकल भालेको सुप पिउने योजना बन्यो । प्रेम दाईलाई भन्यौ । भोलीपल्ट उनको नानीको पास्नी रहेछ । घरका सबैलाई कामले फुर्सद थिएन । पर्तिरको एउटा पसलमा भनिदिए । हामी ढुक्क भएर बाटो लाग्यौं, फर्कदा सुप पिउने योजनासहित ।
बाटोबाट देख्यौं, सुलिकोट हाम्रै प्रतिक्षा गरिरहेको छ । हामी पनि सुलिकोटलाई भेट्न ब्यग्र थियौं । आन्तरिक पर्यटकहरु चिण्डे डाँडासम्म त दिनहुँ आइरहन्छन् । तर, सुलिकोटको कसैले वास्ता गर्दैनन् । हामी पनि पहिलो पटक चिण्डे डाँडा कटेर सुलिकोटतिर लाग्दै थियौं । बाटोमा सर्वे टोली भेटिए । संखुवासभाको तुम्लिङटारदेखि इनरुवासम्म २२० केभी कोसी करिडोर प्रसारण लाइनको सर्वे भइरहेको रहेछ । चार बर्षभित्र ४ ठाउँमा सब स्टेशन बनेर पहाडी जिल्लाको जलविद्युतमा उत्पादन भएको विजुली राष्ट्रिय प्रसारणमा जोडिने । यसले पक्कै पनि लोडसेडिङलाई कमी ल्याउनेछ । यो थाह पाउदा मन खुशी भयो ।
सिमसिम पानी पर्न थाल्यो । कुहिरोले सुलिकोट छोपिएर देख्नै छाड्यो । अर्जुन दाईसँग मात्र रेन कोट रहेछ । छाता ४ वटा मात्र । पानी त ठुलै गरी पो दर्कियो । बाटो छेउको घरमा आश्रय लियौं । नयाँ घर बनाएर सरेपछि छानो मात्र भएर पुरानो घर । हामीलाई बस्न ठाउँ अभाव भएन । तामाङको घर रहेछ । घरवाली दिदीले मुढा ल्याएर दिनुभो । पानी नरोकेसम्म अर्जुन र जस दाईको पिस सुनेर पेट मिचिमिचि हास्यौं । अर्जुन दाई पनि धरान र धराने शैलीसँग झिजेका रहेछन् । उनले नै सुनाए, धरानेहरु गफ गर्ने कि कुरा गर्ने भन्छन् । गफ गर्ने हो भने बढाई चढाई हुन्छ, त्यो गफ इडिट गरेर बुझ्नु पर्छ । कुरा गर्ने हो भने मात्र यथार्थ हुन्छ । यति भनिसकेर उनले धरानेहरुको गफ सुनाए ।
जस दाई पनि के कम । मंगलबारे चोकको बाघमारा(भुपु लाहुरे)को गफ निकाले । चिडियाखानामा मात्र बाघ देखेको, तर उसैको नाम बाघमारा । जंगलमा दुईटा बाघ भेट्यो रे । तर, बन्दुकमा एउटा मात्र गोली । अगाडि कुखुरी राखेर बन्दुक पड्कायो । कुखुरीले गोली चिरिएर दुईटा भयो र दुइटै बाघ मा¥यो रे । गोलीको खोका उछिटिएर ढुकुर पनि मरेछ । बाघमारा आफै लडेर पोखरीमा खस्दा माछा पनि मरेछ । बाघमाराको गफ सुनेर पनि कति हास्नु भन्या !? धरानको मंगलबारे यस्तो चोक हो, जहाँ हामीले सुनेको पिसको पात्र हाम्रै वरीपरी हुन्छन् । वरिष्ठ पत्रकार वसन्त थापा र लेखिका मञ्जुश्री थापा पनि एक साँझ जस दाईहरुसँगै मंगलबारे पुगेका थिए । मंगलबारेको गफ सुन्दा सुन्दै रातको २ बजेको पत्तै भएनछ । पछि हिमाल खबर पत्रिकामा ऋतुविचार स्तम्भमा वसन्त दाईले मंगलबारेको किस्सा लेखेपछि मंगलबारे चर्चित भएको थियो ।
पानी रोकिने छाटकाट देखिएन । सिमसिम पानीमै बाटो लाग्यौं । जसरी पनि पुग्नुछ सुलिकोट । कुहिरोले नदेखिए पनि नजिकै छ भन्ने आभास हुन्थ्यो । मन त अघि नै उडेर पुगिसकेको थियो । तर, हाम्रो बाटैभरि तगारो बनिदियो, जुका । एक, दुई, तीन, चार, पाँच... वाफ रे वाफ ! कति हो कति । फेरि, सानो भए पो ! हातको कान्छी औला जत्रै पनि छ जुका । कसरी पुग्ने होलो ? बैनीहरुको डर उस्त्रै । नडराउन् पनि किन ? ४, ५ वट जुका एकै पटक शरीरमा चढेपछि को नडराउला ? आङै सिरिङ्ग हुने । एउटा टिपेर फालिसकेको छैन, अर्को टासिहाल्ने । हैट ! बैनीहरु चिच्याएको चिच्याएकै । पानी परेकोले झन् सल्बलायो जुका । एक पटक त हातले टिपेर फाल्न लाग्दा सरुपा बैनीको हातैमा टासियो । परेन फसाद ! जुका आतंकले नराम्रो गरि सतायो । भन्नु पो नभाको त । जुका आतंकले सबैलाई हरेस खुवाइसकेको थियो ।
एउटा यस्तो ठाउँमा उक्लियौ, जहाँबाट चिण्डे डाँडा पनि निक्कै तल देखियो । पहिला त चिण्डे डाँडा नै अग्लो लाग्थ्यो । अब त हामी त्यहाँ भन्दा पनि निक्कै माथि थियौं । चारैतिर कति राम्रो दृष्य । भटाभट क्यामेरा, मोवाइलमा कैद ग¥यौं । कति सुन्दर गाउँको दृष्य । एकछिन भए पनि जुका आतंक विस्र्यौ । मनमा डर होइन, शान्ति छायो । अघि बढ्ने कि नबढ्ने ? सोच्न बाध्य भयौं । पानी, झरीमा पहाड चढ्न साँच्चै गाह्रो हुने रहेछ । कारण, जुका आतंक । गन्तव्य नजिक छ, पुग्नैपर्छ भनियो । अघि पनि बढ्यौं, तर सकेनौं । अब त झन् ठुल्ठुला जुका बाटोमा जीउ तन्काउदै गरेको । बैनीहरुको पनि धैर्यको बाध टुटेछ । गुटुटु..तलतिर झरे । हामी पनि हतार हतार झ¥यौं । डर भन्ने सबैलाई उस्तै त हो नि । प्रकट गर्नु, नगर्नु अर्के कुरा ।
थुप्रै पटक हाइकिङ गएको छु । यो सुलिकोट जादाको जस्तो पीडादायी र अविष्मरणीय यात्रा भएको थिएन । मानसिकरुपमा हामीले धेरै पीडा, यातना खप्नुप¥यो । कारण अरु केही होइन । जुका मात्र हो । गन्तव्य कतिपनि टाढा थिएन, पन्ध्र बिस मिनेटको मात्र बाटो । तर, मनभित्रको डर काबुबाहिर भइदियो । बषौंदेखिको सुलिकोट पुग्ने तिर्सना यो पटक पनि अधुरै रह्यो । पुग्न नपाएकोमा सबै चुकचुकाइरह्यौ । जुका आतंक नहुने समय(दशैं तिहार बीचमा) सुलिकोट डाँडामा पुरेरै छोड्ने अठोट ग¥यांै, र फर्कियौं ।
भालेको तातो सुप पिउने भन्दै मुख मुख मिठ्याउदै थियौ । जिल्ल पो प¥यांै । जुन पसलमा सुप बनाउन भनिएको थियो, बन्द पो छ । बुझदा त भाले समात्नै सकेनन् रे । खिस्रिक्क प¥यौं । छेउकै पसलमा चाउचाउको सुप बनाउन लगायौं । सुप तयार भइञ्जेल, अर्जुन दाईको रेडियो पत्रकारिता अनुभव सुन्यौं । उनले रेडिया भित्र पुस्तक प्रकाशन गरेका छन् । यात्रा कार्यक्रम तयार गर्ने बैनीहरुलाई ४ थान उपहार दिए । त्यति मात्र कहाँ हो र, मिनि डिस्क रेकर्डर र डिजिटल रेकर्डर पनि उपहार दिए । सबैले अर्जुन दाईलाई धन्यवाद दियौं । चाउचाउको सुपमा उसिनेको अण्डा हालेर खायौं । थकान र भोकाएको बेला त्यही पनि भालेको सुप भन्दा कम थिएन । साहुनीलाई धन्यवाद दिदै धरान झ¥यौं ।
......................................................................................
अर्जुन उप्रेती, रेडियो पत्रकार, प्रध्यापक
: डेढ दशकदेखि रेडियो पत्रकारितामा छुँ । सञ्चारकर्मीको नाताले समाजमा चेतनास्तर उकास्न, सुसुचित गराउछु । यो अवधिमा धेरै दुःख, सुख भोगेको छ । हाइकिङमा ती अनुभवहरु रेडियोको नयाँ पुस्तालाई सेयर गर्न पाए, खुशी लागेको छ । आफुसँग भएको रेडियोसँग सम्बन्धित सामग्रीहरु पनि उपहार दिन पाए ।
यात्रा त झनै अविष्मरणीय बन्यो । घाम, पानी, गड्याङगुडुङ र चट्याङको अनुभव एकै पटक भयो । बेसीदेखि लेकसम्मको हिडाई भयो । जुका आतंक पनि उस्तै । राई र तामाङ जातिको रहनसहन थाह पायौं । धरानलाई लक्षित गरेर हुने कृर्षि उत्पादनबारे पनि जानकारी भयो ।
...............................................................................................................................
सरुपा थापा मगर, मिस मंगोल २०१५, फष्ट रनरअप
: तेस्रो पटक हाइकिङ हो । हामी रेडियो कार्यक्रम यात्रा गदैछौं । त्यसको लागि पनि धेरै सपोर्ट भएको छ । पदयात्राकै अनुभव संगालेर कार्यक्रम गछौं । हाम्रो पुस्ताले पदयात्रा गर्नुपर्ने रहेछ । शहरमा प्रकृतिसँग टाढिएका छौं । ऐतिहासिक ठाउँ, गाउँघरप्रति अर्के धारणा छ । पदयात्राले हामीलाई इतिहास, प्रकृति र गाउँघरप्रति प्रेम गर्न सिकायो ।

Comments
Post a Comment