प्रहरी दिवसमा ब्याडमिन्टनका विजेतालाई पुरस्कार

धरान । प्रहरी दिवसको अवसरमा कोशी अञ्चल प्रहरी कार्यालयद्धारा आयोजित ब्याडमिन्टन  प्रतियोगिताका विजेताहरुलाई बिहिबार पुरस्कार वितरण गरिएको छ । ६१ औं प्रहरी दिवसको अवसरमा धरानस्थित अञ्चल प्रहरी कार्यालयमा आयोजित बिशेष समारोहमा विजेताहरुलाई पुरस्कार प्रदान गरिएको हो ।
प्रतियोगितामा ग्रुप एतर्फ सुजन श्रेष्ठ र राजकुमार कर्माचार्यको जोडी प्रथम भएको थियो भने सुर्य श्रेष्ठ र मोहन प्याकुरेलको जोडी दोस्रो भएको थियो । यस्तै, श्याम लामा र प्रकाश लिम्बु, रविन साउदेन र नयन लिम्बुको जोडी तेस्रो भएको थियो । यसैगरि, ग्रुप बितर्फ सुसन राई र नगेन्द्र राईको जोडी प्रथम भएको थियो भने सुमन राई र दिलकुमार राईको जोडी दोस्रो भएको थियो । सोही ग्रुपमा रोहित ताम्राकार र आयुष अधिकारी, भीमप्रसाद गौतम र सन्देश रायमाझीको जोडीले तेस्रो स्थान भएको थियो । प्रतियोगिताको अन्तर प्रहरीस्तरीय स्पर्धामा भने सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेल र प्रहरी जवान सुर्य श्रेष्ठको जोडी प्रथम भएको थियो भने डिएसपी विद्यानन्द माझी र प्रहरी हवल्दार शशी चौधरीको जोडी दोस्रो भएको थियो । सोही स्पर्धामा सई जीवन बोगटी र दयानन्द श्रेष्ठ, प्रहरी हवल्दार कुमार राई र जवान राजकुमार बुढाथोकीको जोडी तेस्रो भएको थियो । विजेताहरुलाई पुरस्कार स्वरुप ट्रफी, मेडल, प्रमाणपत्रसँगै विभिन्न उपहारहरु प्रदान गरिएको थियो ।
त्यसअघि, प्रहरी उपरीक्षक एवं निमित्त अञ्चल प्रहरी कार्यालयका निमित्त प्रमुख पोखरेल, प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय सुनसरीका निमित्त प्रजिअ कमलबहादुर थापासहित प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका अधिकृतसँगै भुपु प्रहरीहरुलेसमेत अमर प्रहरी स्मारकमा पुष्पहार तथा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । समारोहमा अञ्चल प्रहरी कार्यालयलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सन्देशसमेत वाचन गरिएको समारोहमा प्रहरी उपरीक्षक पोखरेल र निमित्त प्रजिअ थापाले जनताको साथ, सहयोगले मात्र प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न सक्ने धारणा व्यक्त गरेका थिए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे