पर्यटनले फेरिदै खोर्साने खाप
धरान । एक दशक अघिसम्म इटहरी उपमहानगरपालिका ३ खोर्साने खापका आशबहादुर धिमाल मजदुरी गर्थे । तीब्र शहरीकरण तिर उन्मुख इटहरीमा निर्माण मजदुरीको ज्यालाले उनको घरपरिवार चल्थ्यो । गाउँका अन्य परिवार पनि निम्न आर्थिक अवस्थाका थिए । अधिकांश परिवार दाउरा बेचेर गुजारा चलाउथे ।
अहिले तिनै धिमालको दिनचर्यासँगै परिचय फेरिएको छ । उनी गाउँका अगुवा बनेका छन् । अहिले उनी सरस्वती सामुदायिक वन समितिको अध्यक्ष भएर जंगल जोगाउने अभियानमा छन् । यस्तै, खोर्साने खाप होम स्टे व्यावस्थापन समितिको पनि उनी अध्यक्ष हुन् । उनको नेतृत्वमा होम स्टे सञ्चालनमा आएपछि ग्रामिण पर्यटनको अवधारणाले जंगलमा आश्रित परिवारलाई आयस्रोतको विकल्प पनि दिने प्रयास भएको छ । ‘पहिला दाउरा बोकेर इटहरी लैजाने र बेचेर जिविका चलाउने गथ्र्यौं, अहिले गाउँमा धेरै परिवर्तन आइसकेको छ’–होम स्टे तथा वन समितिका अध्यक्ष धिमाल भन्छन्–‘दाउरा छोडेर हामी पशुपालन र कृर्षिमा निर्भर हुन थाल्यौं । यसले पाहुुना, पर्यटकहरुलाई गाउँकै उत्पादन खुवाउनसक्ने भएका छौं ।’
खोर्साने खापमा २०७० सालदेखि होम स्टे शुरुवात भएको हो । यहाँ कृर्षिसँगै प्राकृतिक सुन्दरता एवं जैविक विविधता छ । ग्रामिण पर्यटनको सम्भावना देखेर इटहरी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, राजनीतिक दललगायतको पहलमा यहाँ होम स्टे सञ्चालनमा ल्याइएको हो । त्यसपछि नै विभिन्न सरकारी, गैरसरकारी निकायहरुको ध्यान यो गाउँमा केन्द्रीत भयो । पर्यटनलाई सघाउ पु¥याउने तालिम तथा सिप विकासको कार्यक्रमहरु आयो । यसले दाउरामा आश्रित गाउँलेहरुलाई आयस्रोतको विकल्प मात्रै दिएन, उनीहरुको क्षमतावृद्धि र सशक्तिकरण पनि भएको छ । ‘पहिला बाहिरका मान्छे आउदा अनुहार लुकाउथे, बोल्न लाज लाग्थ्यो’–होम स्टे व्यावस्थापन समितिकी कोषाध्यक्ष विष्णुमाया राईले भनिन्–‘अचेल धेरै ठाउँबाट पाहुनाहरु आइरहनुहुन्छ, कोहीसँग पनि बोल्न धकाउदिन । उहाँहरुबाट धेरै नयाँ ज्ञानहरु सिक्न पनि पाइराखेका छौं ।’
खोर्साने खापमा ५२ घरधुरी छ । यहाँ राई, मगर, लिम्बु, धिमाल, क्षेत्री, बाहुन, दलित सबैको मिश्रित बसोबास छ । ती मध्ये १० घरमा होम स्टेको अभ्यास छ । ती घरमा २४ वटा बेड छ । गाउँमा एक रातमा २४ जना पर्यटक राख्ने क्षमता छ । होम स्टे शुरु गरेपछि पाहुना(पर्यटक)लाई गाउँकै अग्र्यानिक उत्पादन खुवाउन भन्दै माछा, वंगुर, कुखुरापालनसँगै नगदेवाली(तरकारी खेती) गर्न स्थानीयलाई विभिनन सरकारी तथा गैरसरकारी निकायबाट तालिम पाए । त्यसपछि गाउँलेको आर्थिक अवस्थामा परिवर्तन हुन थाल्यो भने उनीहरुमा चेतनास्तर पनि बढ्दै गएको छ । जंगल पनि मासिनबाट जोगिएको छ । नयाँ पुस्ताको ज्ञानको दायरा पनि फराकिलो बन्दै गएको छ । ‘धेरै खालका मान्छेहरु आइपुग्छन्, चिन्न पाएका छौं । तालिमले गरिखाने बनाइदिएको छ, वन जोगिएको छ’–होम स्टेकी सचिव वालकुमारी श्रेष्ठले भनिन्–‘गाउँका बालबालिकाहरु पनि धेरै सचेत भएका छन् ।’ भैसीपालन शुरु भएपछि दुध उत्पादन भएर आम्दानी बढेको छ भने मौसमी तरकारी एवं फलफुल बिक्रीबाट पनि आयस्रोत बढेको छ ।
खोर्साने खापमा नेचुरल थिएटर छ । कलाकार सोनु जयन्तीले अभिनयमा प्रशिक्षण दिएपछि गाउँमा २७ जना बालबालिकाहरुको टिम छ । जसले विकृति, विसंगतिहरुविरुद्ध अभिनयबाट ब्यङ्ग्य गर्छन् । धिमाल नृत्य पनि देखाउने टोली छ । गाउँमा प्रगतिशिल सुरक्षा समिति छ । त्यसमातहतमा अनुसन्धान विभाग छ । यो विभागले हरेक शंकास्पद व्यक्तिको गतिविधिहरु निगरानी गरिरहेको हुन्छ । टोल विकास कोषमा साढे ३ लाख रुपैया छ । कोषबाट ऋण चलाउने र ६ महिनामा फिर्ता गर्नुपर्ने थिति बसेको छ । यस्तै, आमा समुह, युवा समुह र होम स्टेको पनि आ आफ्नै कोष छ । होम स्टे व्यवस्थापन समितिको सामुहिक पसल छ । गाउँकै गोलघरमा पसल हुन्छ । यो गाउँबाट तालतलैया १ किलोमिटर, हसिना सिमसार साढे १ किलोमिटर र वेतना सिमसार ९ किलोमिटर दुरीमा छ । सेहरा र बुढी खोलाको बीचमा अवस्थित गाउँमा पुल नहुदा भने बर्षायाममा पुग्न समस्या हुन्छ ।
अध्यक्ष धिमालका अनुसार गाउँका महिलाहरुलाई सिपमुलक सिलाई कटाई तालिम दिएर कोसेली उत्पादन गर्ने योजना छ । तालिम लिएका महिलाहरुले ढाका टोपी, झोला, गम्छा, रुमाल उत्पादन गर्नेछन् भने वृद्धहरुल डोको, नाम्लो, मुढालगायत उत्पादन गर्नेछन् । ती उत्पादनहरुलाई गाउँमा प्रर्दशनीमा राखिनेछ भने होम स्टे बस्न आएका पर्यटकहरुले गाउँको उपहार स्वरुप किनेर लैजाने अध्यक्ष धिमालको अपेक्षा छ ।

Comments
Post a Comment