बराहद्धारा भाग्यशाली ग्राहकलाई मोटरसाइकल प्रदान

प्रालिको २२ औं बार्षिकोत्सव असोज ८ गते आयोजना भएको थियो । सोही कार्यक्रममा बर्षभरि बराहमा किनमेल गर्ने ग्राहक सदस्यहरु मध्येबाट लक्की ड्रा गर्दा लिम्बुले मोटरसाइकल पाएका थिए । तिनै लिम्बुलाई एक कार्यक्रम आयोजना गरि बराहले मोटरसाइकल हस्तान्तरण गरेको हो ।
धरान ५ स्थित बराह कम्प्लेक्समा आयोजित एक समारोहमा शाखा प्रमुख मानबहादुर विश्वकर्मा र प्रशासकीय अधिकृत गंगा कालिकोटेले विजेता लिम्बुलाई मोटरसाइकल स्वागत गर्दै चाबी हस्तान्तरण गरेका थिए । मोटरसाइकल पाउने आशा नै नगरेका लिम्बु मोटरसाइकल उपहार आउदा ज्यादै खुशी थिए । बराहले हरेक बर्ष बार्षिकोत्सवमा ग्राहकहरुलाई विभिन्न उपहार दिन्छ भने एक जनालाई लक्की ड्रामार्फत मोटरसाइकल उपहार दिने गरेको छ ।
Comments
Post a Comment