धरानमा आस्था राउतको बेजोड प्रस्तुती
धरान,असोज ७ । खोइ त मलाई झुम्के बुलकी..,चौबन्दीमा पटुकी बाध्या छैन भन्दैमा.. भन्दै आम युवतीहरुको पीडा गीतमार्फत पोख्ने गायिका आस्था राउतको फ्यानहरु धरानमा नभएका होइनन् । उनका गीत गुन्गुनाउने मात्र होइन, स्टेजमा पर्फम गर्ने स्थानीय कलाकारहरु पनि थुप्रै छन् । नेपालका गायक, गायिकाहरु सकभर धरानमा कन्सर्ट वा सांगीतिक कार्यक्रममा आउन छुटाउदैनन् । गीत,संगीत भनेपछि धरानेहरु हुरुक्कै हुन्छन् । युवाहरुमाझ लोकप्रिय गायिका राउत धरानेहरुमाझ आफ्नो प्रस्तुती दिन लालयित थिइन् । उनी शनिबार साँझ होटल इजी राइडरमा आयोजित दशैं शुभकामना साँझमा पहिलो पटक स्टेजमा उत्रिइन् । उनले अपेक्षा गरेजस्तो दर्शक थिएन । त्यो गुनासो पनि पोखिन्, तर प्रस्तुतीमा भने दर्शक संख्याको कुनै प्रभाव देखाइनन् । ‘मेरो धरानमा पहिलो पटक हो, तपाईहरु जति हुनुहुन्छ, म त गाइदिने हो,’प्रस्तुती शुरु गर्नुअघि आस्थाले भनिन् । को छ यहाँ .... बोलको नयाँ गीतबाट उनले गाउन शुरु गरिन् । त्यसपछि खोइ त मलाई झुम्के बुलकी.., दशैं आयो..,चौबन्दिमा पटुकी बाध्या छैन भन्दैमा.., नरोउ माया सम्झेर मलाई.., सालको पात टपरी गाँसेर.. जस्ता चर्चित गीतहरु गाइद