रामबहादुर प्रथम नेपाल च्याम्पियन

धरान,भदौ २९ । झापा, विर्तामोडस्थित ग्यालेक्सी फिटनेसका ३९ बर्षीय रामबहादुर दाहालले प्रथम नेपाल च्याम्पियनको उपाधि जितेका छन् । बुधबार साँझ धरान सभागृहमा सम्पन्न राष्ट्रव्यापी प्रतियोगिताको ओभरअल राउण्डमा प्रथम हुदै दाहाल नेपाल च्याम्पियन बनेका हुन् ।
सुगठित शरीरका धनी दाहालले च्याम्पियन ट्रफीसँगै नगद १ लाख पनि हात पारे । एउटा फिटनेश जकर मेशिन पनि उनको पोल्टामा पर्यो । उनी मोफसलमा आयोजना भएको सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगितामा उनी ७० केजी तौल समुहमा स्पर्धा गरेका थिए । आफ्नो तौल समुहमा स्वर्ण जितेर उनी उपाधि दौडमा ओभरअल राउण्डमा भिडेका थिए ।
२०५४ सालदेखि आफ्नो ज्यानलाई सुगठित बनाउन थालेका दाहालले यसअघि पनि थुप्रै उपाधि जितिसकेका थिए । उनले सन् २०१२ मा धरानमै आयोजित मिस्टर हिमालय, पोखराको मिस्टर बुल्समेन, मिस्टर बुढासुब्बा, मिस्टर सगरमाथा जितिसकेका छन् भने २०११ र २०१६ मा मिस्टर नेपाल पनि भएका थिए । सन् २०१३ मा भारतको लुधियानामा सम्पन्न नवौं साफ गेममा ६० केजी तौल समुहमा उनले स्वर्ण जितेका थिए भने सन् २०१४ मा एसियन गेम्स हङकङमा ६५ केजीमा रजत पदक जितेका थिए ।
नेपाल च्याम्पियनको उपाधि जितेर निक्कै खुशी भएका दाहालले अब स्पेनमा हुने विश्व च्याम्पियनको तयारीमा केन्द्रीत हुने बताए । ‘नोभेम्बर फष्ट विकमा स्पेनमा हुने विश्व च्याम्पियनमा नेपालको प्रतिनिधित्व गर्दैछ, अब त्यसैको तयारीमा केन्द्रीत रहन्छु,’उनले भने । नेपाल च्याम्पियनको उपाधि जित्ने आत्मविश्वास बोकेर आएको खुलाउदै दाहालले परिवारको साथ, सहयोग र प्रेरणाविना खेलमा निरन्तरता दिन नसक्ने भनाई राखे । उनले भने,‘मेरो परिवारको सपोर्टले गर्दा नै यहाँसम्म आइपुगेको छुँ, श्रीमति शारदाको ठुलो साथ र प्रेरणा मिलेको छ ।’
प्रतियोगितामा ६० केजी तौल समुहका स्वर्ण विजेता एलाइनेट जिम धरानका रमेश कार्की ओभरअल राउण्डमा दोस्रो भए भने ६५ केजीका यारो फिटनेश, दमक(झापा)का विकास धिमाल तेस्रो भए । रमेशले नगद ५० हजार र विकासले नगद ४० हजार हात पारे । चौथो स्थान भएका बुटवल फिटनेस(५५ केजी तौल समुह)का सुनिल आलेले नगद ३० हजार पाए । यस्तै, धरान फिटनेस क्लबका मणिकुमार राईले वेष्ट पोजर, काठमाण्डौंका सुकदेव कार्कीले मोष्ट मस्कुलर र बुटवलका सुनिल आलेले मोष्ट इम्प्रुभरको पुरस्कार हात पारे । सबैले ट्रफी र नगद ५ हजार प्राप्त गरे ।
प्रतियोगिताको फाइनलमा ५५ केजी, ६० केजी, ६५ केजी र ७० केजी तौल समुहमा विभिन्न जिल्लाबाट २२ खेलाडीहरु स्पर्धामा उत्रिएका थिए भने आफ्नो तौल समुहबाट प्रथम भएका ४ खेलाडीले मात्र उपाधिको लागि ओभरअल राउण्ड भिड्ने मौका पाएका थिए । विजेता खेलाडीहरुलाई आयोजक एलाइनेट जिमका अध्यक्ष बिक्रम लिम्बू, प्रमुख अतिथि एवं राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव केशवकुमार विष्ट, आइएफबिबिका अन्र्तराष्ट्रिय क्षेत्रका उपाध्यक्ष किसोर पुर आपुङ्खे, डम्बर तामाङ, प्रतिक राउत लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा आयोजकले सदस्य सचिव विष्टलाई अभिनन्दन गरेको थियो भने शारीरिक सुगठन खेलको विकासमा योगदान पुर्याएवापत राजभगत प्रधानाङ्ग, एन्फा केन्द्रीय उपाध्यक्ष किसोर राई, खेलकुदप्रेमी राजेन्द्र राउत, डम्बर तामाङलाई सम्मान गरिएको थियो । यस्तै, २०२७ सालमा धरानमा भएको नेपालकै पहिलो शारीरिक सुगठन प्रतियोगिता मिस्टर धरानका सहभागी गोपी पौडेललाई पनि बिशेष सम्मान गरिएको थियो ।
...............................................................






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे