याक्थुङ पालाम साँझमा राजेश पायल

धरान । लिम्बू जातिको मौलिक पहिरन तागावा मेख्ली र ढाका टोपीमा चिटिक्क सजिएर गायक राजेश पायल राई कार्यक्रम हलभित्र प्रवेश गरेपछि लामो प्रतिक्षामा बसेका संगीतप्रेमीहरुको मुहारमा खुशी छायो ।
आदङ्बेसी आ सेवारो..भन्दै निर्धारित समयभन्दा अढाई घण्टा ढिलो स्टेजमा झुल्किएका चर्चित गायक राईले त्यसपछि भने आफ्ना फ्यानहरुलाई निराश हुने कुनै मौका नै दिएनन् । धरान १० स्थित सैनिक भवनमा आइतबार साँझ आयोजित याक्थुङ पालम साँझ ०७० मा गायक राईले फरक शैलीका गीत प्रस्तुत गर्दै स्रोताहरुको मन जिते । सासा ब्युटि पार्लरले आयोजना गरेको कार्यक्रममा गायक राईले लिम्बू भाषाको गीतबाट प्रस्तुती शुरु गरे ।
राई कुलमा जन्मिएर पनि लिम्बू भाषा र सँस्कृतिलाई माया गर्न पाउदा गर्व लागेको सुनाउदै उनले शुरुमा हाक्पारे ख्याली..बोलको गीतबाट गाउन शुरु गरे । त्यसपछि, उनले थेगेक..सेवारो.., चेक्थाके मेम्बारे..र आजुप्से आम्बी..बालेको लिम्बू भाषाको गीत गाए । चार वटा लिम्बू गीतको प्रस्तुती पछि उनले नेपाली भाषाको गीतहरुले सबैको मन जिते । उनले सर सर माया वरवर.., खास त केही छैन..,सागर सरि चोखो माया.., धरान धनकुटा भेडेटार..लगायत चर्चित गीतहरु गाएर पालम साँझलाई संगीतमय बनाइदिए ।
प्रत्येक गीत पछि उनले आफ्नो र मित राजेश हमालको विहेको रमाइलो प्रसंग तथा चुटकिलाहरु सुनाउदै सांगीतिक कार्यक्रमलाई हाँसोमय पनि बनाइरहे । लिम्बू भाषामा गीत गाउन कठिन हुदाहुदै पनि फरक किसिमको एकल सांगीतिक कार्यक्रम गर्न पाउदा खुशी लागेको गायक राईले बताए । आफ्नो सांगीतिक करिअरको पहिलो एकल साँझ पनि सैनिक भवनबाटै शुरु भएको स्मरण गर्दै उनले भने–‘त्यसैले यो हलमा गाउन पाउदा म ज्यादै खुशी हुन्छ ।’
सांगीतिक कार्यक्रमकी प्रमुख अतिथि एवं किरात याक्थुङ चुम्लुङकी केन्द्रीय उपाध्यक्ष दुर्गामाया लिम्बूले आफ्नो कला, साँस्कृति जोगाउन सबैले चासो दिनुपर्ने बताइन् । कार्यक्रम संयोजक लोकेन साँवाले गायक राईको फरक शैलीको कार्यक्रम आयोजना गरिएको बताए । सिल्भर इन्टरटेन्मेण्टको व्यवस्थापनमा आयोजित कार्यक्रममा तीनजुरे पुर्व भेग च्याब्रुंग  समूह धरानले पालम र च्याब्रुंग नृत्यसमेत प्रस्तुत गरेको थियो । 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे