पूर्वाञ्चल प्रतिकमा टप ७ छनौट

धरान । १८ बर्षमुनिका बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्ने उद्देश्यले सञ्चालन भइरहेको पूर्वाञ्चलव्यापी मेरिडियन ओभरसिज पूर्वाञ्चल प्रतिक–२ को फाइनल चरणको लागि प्रतिस्पर्धीहरु चयन भएका छन् ।
धरान १५ स्थित सदन सभाहलमा शनिबार सेमीफाइनलबाट फाइनल चरणको लागि टप ७ प्रतियोगीहरु छनौट भएका हुन् । विभिन्न जिल्लाका टप ११ मा छानिएका प्रतिस्पर्धीहरुमध्येबाट उत्कृष्ट ७ को छनौट गरिएको आयोजकले जनाएको छ । टप ७ का प्रतिस्पर्धीहरुबीच उपाधिको लागि पुष १३ गते धरान ८ स्थित सभागृहमा फाइनल भिडन्त हुने प्रतियोगिताका संयोजक गणेश बराइलीले जानकारी दिए । ‘निर्णायकको मत र भोटिङ मतको आधारमा टप ७ छनौट भएको छ, पुष १३ गते सभागृहमा फाइनल आयोजना हुन्छ’–संयोजक बराइलीले भने ।
टप ७ मा भोजपुरकी शिवा राई, निशान राई, धरानकी नियती पराजुली, संखुवासभाका परेश राई, सरोज लिंथेप, खोटाङकी मनमावी राई र झापाका यु एन तामाङ छनौट हुन सफल भएका छन् । सेमीफाइनलमा पहिलो चरणमा प्रतिस्पर्धीहरुले आफ्नै रोजाईको गीत गाएका थिए भने दोस्रो चरणमा फिल्मको गीत गाएका थिए । सेमीफाइनल अडिशनमा गायक एपि शेर्पा, गायक, संगीतका मदन राई(राईमन) र सञ्चारकर्मी हन्दुहाङ राई निर्णायक थिए ।
बाल खोज पाक्षिक पत्रिकाको आयोजनामा भइरहेको प्रतियोगिता गत असार १ गतेबाट शुरु भएको थियो । प्रतिस्पर्धाको फाइनलमा प्रथम हुनेले पूर्वाञ्चल प्रतिक २ को उपाधि ट्रफीसँगै नगद २५ हजार पाउनेछन् भने आयोजकले निकाल्ने एल्वममा ३ वटा गीत गाउने अवसर पनि पाउछन् । साथै, एउटा गीतको म्युजिक भिडियो पनि आयोजकले तयार गरिदिने बताएको छ । यस्तै, दोस्रो हुने प्रतिस्पर्धीले नगद १५ हजार र ट्रफी पाउनेछ भने उसले दुई वटा गीत गराउने अवसर पाउनेछ । साथै, तेस्रो हुनेले नगद ८ हजार र एउटा गीत गाउने अवसर पनि पाउनेछन् । यसबाहेक, प्रतिस्पर्धीहरुलाई वेष्ट भोकल, वेष्ट पर्फमेन्स, बेस्ट डिसिप्लेन, बेस्ट प्यारेन्स, बेस्ट भोटिङ लगायत टाइटल पनि दिइने संयोजक तथा पत्रिकाका कार्यकारी सम्पादक बिकले बताए ।
गत बर्ष सम्पन्न पूर्वाञ्चल प्रतिको पहिलो सँस्करणमा धरानकी निवा सुब्बा प्रथम भएकी थिइन् । आयोजकले निवासहित त्यस सँस्करणका टप ५ प्रतिस्पर्धीहरुसमेतलाई अवसर दिएर फुल्दैछन फुलहरु नाममको एल्वम निकालेको थियो ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे