मिस्टर एण्ड मिस फोटोजेनिकको उपाधि श्रद्धा र सुरजलाई

धरान । मिस्टर एण्ड मिस फोटोजेनिक धरान २०१३ को उपाधि श्रद्धा पौडेल र सुरज श्रेष्ठले जितेका छन् । धरानेक्रेज डटकमको आयोजनामा शुक्रबार धरान ८ स्थित सभागृहमा सम्पन्न फाइनलमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी स्टाफ नर्स पौडेल र विद्यार्थी श्रेष्ठले उपाधि जितेका हुन् ।
मिस्टर फोटोजेनिकको उपाधि जितेका सुरज नेशनल मल्टिपल कलेजमा कक्षा १२ मा अध्ययनरत छन् । उनीहरुले उपाधिसँगै ट्रफी हात परे । प्रतियोगिताकी मुख्य निर्णायक रहेकी मिस पूर्वाञ्चल नेहा बजाजले विजेताहरुको नाम घोषणा गरेकी थिइन् । प्रतियोगितामा वेष्ट ड्रेसको उपाधि कुन्नी लिम्बूले जितिन् भने वेष्ट स्माइलको उपाधि नदिरा श्रेष्ठले हात पारिन् । यस्तै, मिस ट्यालेण्टको उपाधि भने सरिता सिंह ठकुरीले हात पारिन् । विजेता प्रतियोगीहरुलाई इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी टेकबहादुर तामाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नविन अधिकारी, बीपी प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले पुरस्कार वितरण गरेका थिए ।
मिडिया तथा मोडलिङ क्षेत्रमा पाइला चाल्न चाहने युवायुवतीहरुको लागि धरानेक्रेजले फोटोजेनिक प्रतियोगिता आयोजना गरेको जनाएको छ । धरानेक्रेजले गत साउन १५ देखि भदौ १५ गतेसम्म वेभसाइडमार्फत फारम भर्ने व्यवस्था गरेको थियो । अनलाइनबाट फारम भरेका ४८ युवायुवतीहरुमध्ये अनलाइन भोटिङ, फेसबुक लाइक र निर्णायकहरुको मतबाट टप १० प्रतियोगि छनौट गरिएको थियो । फाइनलमा छनौट भएकामध्ये तीन जना विदेशमा रहेकाले ७ जना प्रतियोगिहरु मात्रै सहभागी भएको धरानेक्रेजका सविन पोख्रेलले बताए ।
कार्यक्रममा लिम्बूवान आइडल भएका गायक कञ्चन थलङले दिक्तेल बजार..र पानी खानु तिरतिरे धारा..बोलको गीत गाएर मनोरञ्जन दिलाएका थिए भने अर्का युवा गायक प्रनेश लिम्बूले पनि हामी सबै नेपाली.., मन्द मन्द बताससँगै..बोलको गीत प्रस्तुत गरे । यसैगरि, गायक मविन्द्र राईले पनि ३ वटा गीत गाएर मनोरञ्जन दिलाएका थिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे