‘दर्शकको माया नै मेरोलागि अवार्ड’
धरान । गत शुक्रबार रिलिज भएको चलचित्र मौनकी नायिका नम्रता श्रेष्ठलाई फिल्म प्रर्वद्धनको लागि काठमाण्डौं जान हतारो थियो । हतारोको बीचमा पनि उनी मंंगलबार बिहान भानुचौकस्थित हंग्री आइ रेष्टो बारमा पुगिन् ।
त्यहाँ उनको प्रतिक्षामा तीन जना भाग्यमानी फ्यानहरु थिए । समयअभावको बीचमा पनि उनी आफ्ना फ्यानको माया पाउन र प्रत्यक्ष भलाकुसारी गर्न त्यहाँ पुगिन् । आफ्ना दर्शकबाट सही सल्लाह र सुझाव पाउने भएकोले हतारकोबीचमा पनि भेट गर्न पुगेको नायिका श्रेष्ठले बताइन् । ‘दर्शकले फिल्म हेरेका हुन्छन् र उहाँहरुसँग अन्र्तक्रिया हुदा राम्रो सल्लाह, सुझाव पाइन्छ, त्यसले कलाकारहरुलाई हौसला मिल्छ’–उनले भनिन्–‘प्रत्यक्ष कुराकानी हुदा उहाँहरुले इमान्दार भएर सल्लाह दिनुहुन्छ, दर्शकको माया नै मेरो लागि त्यो नै अवार्ड पाए सरह हो ।’
तीन जना फ्यानसँग भलाकुसारी र बिहानको खाना(लञ्ज) लिएपछि नायिका श्रेष्ठ मंगलबार नै काठमाण्डौं फर्किइन् । उनी भदौ २९ गतेदेखि चलचित्र नोभेम्बर रेनको छाँयांकनको लागि गृहनगर धरानमा थिइन् । फिल्म सुटिङको चटारोले धरान धेरै घुम्न नपाएपनि आफु जन्मिएको ठाउँमा सुटिङ गर्न पाउदा असाध्यै रमाइलो लागेको उनले सुनाइन् । ‘म जहाँ जन्मिएको थिएँ, त्यही ठाउँमा सुटिङ गर्न पाए, खुशी छँ’–उनले भनिन्–‘धरानेहरुको राम्रो सपोर्ट पायौं, फिल्मको टिम पनि राम्रो थियो ।’


Comments
Post a Comment