चुनावको मुखमा एमाले सचिवले पार्टी छोडे

चुनावको मुखमा सचिवको राजिनामाले सुनसरीमा एमालेभित्रको विवाद र असन्तुष्टी सतहमा आएको छ । यसले मंसिर ४ गतेको निर्वाचन परिणाममा नकरात्मक असर पार्ने पार्टीकै नेता, कार्यकर्ताहरुकै भनाई छ । ‘तीसौं बर्षदेखि एमाले पार्टीको सदस्यकोरुपमा मजदुर आन्दोलन, वर्गीय मुक्ति आन्दोलनमा सरिक भए’–सोमबार पत्रकार सम्मेलनमा भावुक हुदै सुनुवारले भने–‘तर, अहिले म यो पार्टी छोड्ने निर्णयमा पुगेको छँ, मेरा साथीभाई, शुभेच्छुकहरुले सँगै बसेर आन्दोलन अघि बढाउनुपर्छ भन्नुभयो, मैले त्यो आग्रह स्वीकार्न सकिन, सबैसँग माफी माग्न चाहन्छु ।’

सभासदको लागि नाम सिफारिशमा परेपनि टिकट अरुलाई नै दिएकोले पार्टी छोडेको प्रसंगबारे उनले भने–‘सभासद पद भन्दा पार्टी सचिव महत्वपुर्ण पद हो, मलाई लोभ पनि थिएन । पद्दती र प्रक्रियाप्रति मेरो मुख्य असन्तुष्टी हो, पार्टी नेतृत्वले सच्चिन नचाहेपछि यो निर्णयमा पुगेको हूँ ।’ उनी सुनसरी क्षेत्र नम्बर १ बाट पहिलो संविधानसभा निर्वाचनमा र आसन्न निर्वाचनमा पनि सिफारिशमा परेका थिए । तर, उनलाई पार्टीले सभासद उम्मेदवार नबनाएपछि तीब्र असन्तुष्ट भएको चर्चा थियो ।
नेता सुनुवार ०३९ सालमा अनेरास्ववियुको तेस्रो जिल्ला सम्मेलनको प्रतिनिधि हुदै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सुनसरी अध्यक्ष, कोशी अञ्चल कोषाध्यक्ष, अध्यक्ष तथा केन्द्रीय कमिटिको सदस्य, सहसचिव, उपाध्यक्ष हुदै संगठनको केन्द्रीय अध्यक्ष पनि भएका थिए । यस्तै, एमाले जिल्ला कमिटि सुनसरीको ३ कार्यकाल सदस्य, एक कार्यकाल उपसचिव हुदै करिब पाँच महिना अघि धरानमा भएको अधिवेशनबाट सचिव पदमा निर्वाचित भएका थिए ।

एमाले कार्यवाहक अध्यक्ष द्धारिकलाल चौधरीले पार्टीका कार्यकर्ताहरु व्यक्ति हेरेर आएको नभई विचार, सिद्धान्त बुझेर आएकोले ठुलो क्षति नपुग्ने दाबी गरे । ‘पार्टी सचिवले नै पद छोडेपछि एक खालको भ्रम सृर्जना हुनसक्छ, तर हामी क्षति न्युनिकरण गछौं’–उनले भने ।
Comments
Post a Comment