धरानमा डेजी नेल आर्ट खुल्यो

धरान । धरान १९ की कमला तामाङ आफ्नो हात र खुट्टाको नङलाई चिटिक्क पार्न इन्टरनेटको माध्यमबाट खोजी गरेको विभिन्न तरिकाहरु अपनाउथिन्, तर पनि उनलाई सन्तुष्टी मिलेको थिएन ।
उनै तेइस बर्षीय कमलाको हातको नङ मंगलबार आर्कषकरुपमा सजिएको थियो । चिटिक्क परेको नङ हेर्दै उनी निक्कै खुशी देखिइन् । ‘बल्ल मेरो इच्छा पुरा भयो, म पहिलादेखि नै हात,खुट्टाको नङलाई राम्रो बनाउन चाहन्थे’–मुस्काउदै कमलाले भनिन्–‘पहिला नेटमा हेरेर आफै बनाउथे, त्यो एक सातामा नै विलाईहाल्थ्यो ।’ उनको यो इच्छा सोमबारदेखि धरानमा सञ्चालनमा आएको डेजी नेल आर्ट तथा ट्रेनिङ सेन्टरले पुरा गरिदिएको हो । हात खुट्टाको नङलाई कलात्मक एवं सुन्दर पार्न कमला जस्ता किसोरी एवं युवतीहरु आकर्षित हुन थालेपछि धरान ९ कलेज रोडमा युवा व्यावसायी तरुना राईले सेन्टर सञ्चालनमा ल्याएकी हुन् ।
डेजी नेल आर्टमा नङ्लाई आर्कषक बनाउनुका साथै हातखुट्टा सफा गर्ने मेनिकेयर÷मेडिकेयर सेवा, युवतीहरुको लागि ट्याटु, मेहन्दी, परेला बनाउने सेवा पनि रहेको सञ्चालिका राईले बताइन् । ‘खासगरि टिनएजर्स नेल आर्ट गर्न आउछन्, पहिला पार्लर खोज्थे, अब नेलआर्ट गर्ने ठाउँ खोज्न थालेका छन्’–व्यावसाय शुरु गर्नुको कारणबारे उनले भनिन्–‘धरान त्यसै पनि फेशनेवल शहर हो, यहाँका युवतीहरु आफुलाई सुन्दर र आर्कषक बनाउन नेल आर्ट गर्नतर्फ आर्कषित छन ।’
सञ्चालिका तरुनाका अनुसार डेजीमा नेल आर्ट गर्नुका साथै इच्छुकहरुलाई ट्रेनिङ पनि दिलाइन्छ । दुई सय ३० घण्टाको कोर्ष रहेको तालिममा व्यावहारिक र सैद्धान्तिक ज्ञान दिलाइने उनले बताइन् । केही समय यता राजधानीमा नेल आर्ट गर्ने ठाउँ निक्कै बढेपनि फेशनेवल पूर्वमा भने भर्खरै मात्र नेल आर्ट भित्रिन थालेको हो । नेल आर्ट गर्नेक्रममा नङलाई पहेलो हुन नदिन र नष्ट हुनबाट जोगाउन क्युटिकल ओइल लगाएर मसाज गरिने सञ्चालिका राईले बताइन् । ‘हाम्रोमा वान स्ट्रोक नेल आर्ट, जेल नेल आर्ट, एक्रेलिक नेल आर्ट, फ्रेन्च नेल एक्सटेन्सन, थ्री डि र वाटर मार्वल नेल आर्ट हुन्छ’–उनले भनिन् ।
नङलाई पर्मानेन्ट एक्सटेन्सन गर्दै तीन महिनाको समयमा बीचबीचमा रिफिल गरेमा प्राकृतिकरुपमा लामो र आर्कषक नङ देखिन्छ । यसैगरि, निडलको माध्यमबाट प्राकृतिकरुपमा ३, ४ बर्षसम्म रहने गरि परेला पनि बनाउन सकिने राईले बताइन् । ट्याटु भने सञ्चालिका राईका श्रीमान दिपेन्द्र लिम्बूले खोपिदिनेछन् । 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे