तीनकुनेमा हेटल एशोसिएशनको ग्लो साइन बोर्ड

धरान । होटल एशोसिएशन अफ धरानले १६ औं बाषिकोत्सवको अवसरमा धरान प्रवेशस्थल तीनकुनेमा रातमा उज्यालो छर्ने ग्लो साइन बोर्ड राखेको छ । घुम्न आउने पर्यटकहरुलाई धरान प्रवेश गरेको जानकारी गराउने उद्देश्यले पनि उक्त बोर्ड राखेको एशोसिएशनले जनाएको छ ।
उक्त बोर्डको एक कार्यक्रमबीच संस्थापक अध्यक्ष कमलेश श्रेष्ठले रिबन काटेर उद्घाटन गरेका थिए । बोर्डमा धरानको तस्बिरसँगै विभिन्न धार्मिक पर्यटकीयस्थलहरुको तस्बिरसमेत जानकारीको लागि राखिएको छ । तीनकुनेस्थित चेकपोष्टमा राती अध्यारो हुदा चेकजाँच गर्न समस्या हुने भएकोले पनि त्यहाँ बोर्ड राखिएको अध्यक्ष सुवर्ण श्रेष्ठले बताए ।
‘घुम्न आउने पर्यटकहरुले बजारमा पुगिसकेर पनि धरान कहाँ हो भनेर सोध्ने गर्छन्, त्यसैले धरान आइसकेछ भन्ने जानकारी गराउन पनि बोर्ड राखेका हौं’–अध्यक्ष श्रेष्ठले भने–‘यहाँ धरानको पर्यटकीयस्थलहरुको तस्बिर छ, राती पनि उज्यालो हुने भएकोले प्रहरीलाई चेकिङमा सजिलो हुन्छ ।’
एशोसिएशनले तीन महिनाअघि रुस्लान हास्य ब्यङ्ग्य कार्यक्रमबाट संकलित रकमबाट बोर्ड राखेको जनाएको छ । उक्त बोर्डमा पाहुना भएर आउनुस्, साथी भएर जानुस् भन्ने सन्देश लेखिएको छ । बोर्ड सडकको दायाँ बाँया नै राखिएको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे