सार्वजनिक कार्यक्रममा कृर्षिमन्त्रीले खैनी सेवन गरे


धरान । सरकारले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनलाई निरुत्साहित गर्न जरिवानासहित कारबाही गर्ने ऐन जारी गरेको छ । तर नेपाल सरकारका एक जिम्मेवार मन्त्रीले बुधबार धरानमा आयोजित एक सार्वजनिक कार्यक्रममा सबैले देख्ने गरि नै सुर्ति(खैनी) सेवन गरे ।
धरान २३, विष्णुपादुकास्थित के एण्ड के लाइभस्टक एग्रिकल्चर रिसर्च सेन्टरको उद्घाटन तथा निरीक्षण कार्यक्रमको औपचारिक समारोहमा सरकारका कृर्षिमन्त्री हरि प्रसाद पराजुलीले निःसंकोच सुर्ति(खैनी) सेवन गरे । उनले हसिलो मुद्रामा खैनी हातमा लिएर माड्दा उनी अघि सयको हाराहारीमा अतिथि, सर्वसाधारण, प्रहरी र पत्रकार उपस्थित भए पनि कसैको ख्याल गरेनन् ।

मञ्चमा नै बसेका मन्त्री पराजुलीको गतिविधिलाई भने जनताले टुलुटुलु हेरिरहेका थिए भने पत्रकारहरुले क्यामेरामा कैद गरिरहेका थिए । तर पनि उनले कुनै हेक्का राखेनन् भने उनी आसपासमा बसेर एमोलका नेताहरुले पनि उनलाई सचेत गराएनन् ।
नेपाल सरकारले २०६८ सालमा सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन जारी गरेको थियो । उक्त ऐनमा सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्ती सेवन गरेको पाइएमा पहिलो पटक चेतावनी दिएर छाड्ने र पुनः दोहोर्याए एक सय रुपैयासम्म जरिवाना गर्ने व्यवस्था गरेको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे