भ्याट छलि गर्नेलाई अनुगमन गरेर कारबाही गर्न अख्तियारको निर्देशन


धरान । नियमनकारी निकायको कमजोरीले व्यापारीहरुले भ्याट विल नकाटी ठुलो मात्रामा राजश्व छली गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वका सबै राजश्व कार्यालयलाई अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको छ ।
आयोगको इटहरीस्थित क्षेत्रीय कार्यालयले पूर्वको धरान, विराटनगर, भद्रपुर र लहानस्थित आन्तरिक राजश्व कार्यालयलाई मंगलबार पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो । आयोगले विराटनगरस्थित पूर्वाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयलाई पनि पत्रको बोधार्थ दिइएको छ । व्यापारीहरुले सरकारी कामकाजबाहेकको काममा खरीद गर्दा उपभोक्ताहरुलाई भ्याट बिल नकाटी राजश्व छलि गरिरहेको अख्तियारको आशंका छ । पत्राचार गर्नुअघि आयोगले सोमबार सबै अन्तरिक राजश्व कार्यालयका प्रमुखहरुलाई बोलाएर भ्याट छलि गरेको बिषयमा छलफल गरेको थियो ।
‘व्यापारीहरुले सरकारी कार्यालय र कामकाजको लागि मात्रै भ्याट विल प्रयोगमा ल्याउने गरेका छन्, अरु बेला ग्राहकलाई भ्याट बिल नकाटी ठुलो राजश्व छलि गरिरहेका छन्’–आयोगका क्षेत्रीय प्रमुख डुल्लुराज बस्नेतले नागरिकसँग भने–‘त्यसैले सबै आन्तरिक राजश्व कार्यालय र क्षेत्रीय प्रमुखसँग छलफल गर्यौं र अनुगमन तथा छानबीन गरेर कारबाही गर्न निर्देशन पनि दिएका छौं ।’ उनका अनुसार राजश्व कार्यालयहरुलाई ग्राहकहरुमा भ्याट बिल लिनुपर्छ भन्ने चेतना एवं जागरुकताको लागि प्रचारप्रसार गर्न पनि निर्देशन दिइएको छ ।
 भ्याट बिल छलि गर्नेलाई ऐनमा जरिवानाको मात्रै व्यवस्था गरिएकोले पनि व्यापारीहरुले इमान्दार नभएको बस्नेतको भनाई छ । ऐन परिवर्तन गरेर छलि गर्नेलाई कैदको व्यवस्था भएका यस्तो प्रवृत्तिमा कमी आउने उनले बताए । साथै, नियमनकारी निकायले नियमित तथा कडाईका साथ बजार अनुगमन, छानबिन नगर्दा पनि यो प्रवृत्ति मौलाएको उनले बताए । ‘उपभोक्तामा पनि जागरुकता आउनुपर्छ, अनुगमनकारी निकायले पनि नियमित निरीक्षण र छानबीन गरेर कारबाही गर्नुपर्छ’–बस्नेतले थपे ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे