नेपालको दोस्रो व्यावसायिक गल्फर रिठे सापकोटा सम्मानित


धरान । नेपालकै दोस्रो व्यावसायिक गल्फ खेलाडी रिठे सापकोटा बिहिबार गृहनगर धरानमा सम्मानित भएका छन् । सापकोटालाई सुनसरी जिल्ला गल्फ संघ, धरान गल्फ क्लब र निर्वाणा कन्ट््री क्लबले संयुक्तरुपमा सम्मान गरेको हो । निर्वाणा कन्ट्री क्लब एवं गल्फ कोर्षमा आयोजित कार्यक्रम जिल्ला गल्फ संघका अध्यक्ष डि.बि.साम्पाङ राईले नेपाली टोली लगाइदिएका थिए भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.बलभद्रप्रसाद दासले सम्मान पत्र प्रदान गरेका थिए ।
विगत २४ बर्षदेखि जर्मनमा गल्फ प्रशिक्षककारुपमा रहेका सापकोटा आफ्नो खेल जीवन शुरुवात भएको कोर्षमा सम्मानित हुदा निक्कै भावुक बनेका थिए । नेपालमा गल्फ खेलको प्रारम्भकालमा विदेशीको मात्रै बर्चस्व हुदा घनश्याम थापापछि उनी दोस्रो नेपाली व्यावसायिक गल्फर थिए । सन् १९७६ मा प्रो–टर्न भएका उनी १९९० मा जर्मनी पुगेका थिए । त्यसयता उनी त्यही व्यावसायिक प्रशिक्षक भएर कार्यरत छन् ।
जिल्ला गल्फ संघका अध्यक्ष राईले सापकोटा धरानको मात्रै नभई नेपालकै गल्फ खेलका ऐतिहासिक एवं प्रेरक व्यक्ति भएकोले सम्मान गरिएको बताए । ‘नेपालबाट विदेशमा पुगेर गल्फ प्रशिक्षक हुने उहाँ एक मात्र गल्फर हुनुहुन्छ, उहाँ कहिल्यै बिर्सन नसिकने व्यक्ति हुन्’–उनले भने । धरान गल्फ संघका अध्यक्ष पुर्ण लिम्बूले सापकोटालाई धराने गल्फरहरुका गुरुको संज्ञा दिदै गल्फका अब्बल खेलाडी भएको बताए । बीपी प्रतिष्ठानका उपकुलपति डा.दासले ऐतिहासिक व्यक्तिहरुलाई विर्सन नहुने धारणा राख्दै गल्फ कोर्षको सदुपयोग गर्न खेलाडीहरुलाई आग्रह गरेका थिए । सम्मानित सापकोटाले खेल जीवन शुरु भएको कोर्षमा सम्मान पाउदा ज्यादै खुशी भएको बताए । ‘मेरो खेल जीवन यहीबाट शुरु भएको थियो, आज यो कोर्षमा आएर सम्मान पाउदा ज्यादै खुशी छु’–भावुक हुदै उनले भने ।
तत्कालीन ब्रिटिश घोपा क्याम्पको गल्फ कोर्षमा उनी सन् १९७१ म वल ब्वाइकोरुपमा प्रवेश गरेका थिए । पछि क्याडी ब्वाई र क्याडी मास्टर हुदै सन् १९७६ मा व्यावसायिक खेलाडी बनेका थिए । त्यसबेला उनी नेपालकै दोस्रो व्यावसायिक खेलाडी थिए । सन् १९८९ सम्म विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा भाग लिएका उनी १९९० मा जर्मन पुगेका थिए । हाल उनीसँगै छोरा एवं व्यावसायिक खेलाडी सविन सापकोटा पनि जर्मनमा प्रशिक्षकका रुपमा कार्यरत छन् ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे