ओशो ध्यान केन्द्रमा अख्तियार प्रमुखको सु-शासनबारे प्रवचन


धरान । कार्यालयहरुमा अख्तियारको दुरुपयोग भएको छ/छैन भनेर अनुसन्धान गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय प्रमुख डल्लुराज बस्नेत शनिबार धरानमा भिन्नै नाम र काममा उपस्थित भए । विष्णुपादुकास्थित ओशो महापरिनिर्वाण ध्यान केन्द्रमा उनलाई सबैले स्वामी ध्यान वितरागको नामले बोलाए ।
उनी ओशो दर्शनबाट प्रभावित भएर दशकअघि नै ध्यानमा लागेका रहेछन् । उनी त्यहाँ फरक नाम र कामले परिचित भएपनि कसरी सु शासन कायम राख्ने भन्ने बिषयमा लामो प्रवचनमार्फत सबैलाई प्रभावित बनाए ।

आयोजक केन्द्रले स्वामी वितरागलाई ध्यान र सु शासन बिषयमा नै आफ्ना अनुभव र विचारहरु राख्न लगाएको थियो । उनले धार्मिक दर्शन, ध्यानको व्याख्या गर्दै आध्यात्मबाट आफैले आफैलाई शासन गर्दा पाउने खुशी तथा आनन्दबारे सहभागीहरुलाई प्रष्ट्याए ।
कार्यक्रमका संयोजन गरेका स्वामी आत्मनन्द उर्फ आनन्द श्रेष्ठका अनुसार ध्यानले मानिसलाई तनावबाट मुक्ति दिलाएर आनन्द प्राप्ती गराउने र त्यसले सुशासन कायम राख्न पनि मद्दत पुर्याउने भएकोले स्वामी वितरागलाई निमन्त्रण गरेको बताए । उनका अनुसार यहाँ ओशोका अनुयायी एवं सन्यासीहरु हरेक दिनजसो आएर ध्यान गर्ने गरेका छन् । बिषेश गरि शुक्रबार साँझमा बास बस्ने गरि विभिन्न जिल्लाबाटसमेत सन्यासीहरु आउने गरेका छन् । यहाँ शुल्क तिरेर खान र बस्नको व्यवस्था पनि छ ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे