हाफ म्याराथुन दौडमा भुमिराज प्रथम


धरान । प्रथम हुलास अप हिल हाफ म्याराथुन दौड प्रतियोगितामा नेपाल प्रहरीका भुमिराज राई प्रथम भएका छन् । सुनसरी र मोरङ एथलेटिक्स संघले शनिबार संयुक्तरुपमा आयोजनामा भरेको म्याराथुनमा सहभागी अन्य ८४ प्रतिष्पर्धीलाई उछिन्दै राई प्रथम भएका हुन् ।
धरानको तिनकुने जंगलबाट शुरु भएर धनकुटाको भेडेटारमा टुंगिने २१.१०० किलोमिटर दुरी राईले १२३ मिनेट ५८ सेकेण्डमा पुरा गरेका थिए । उनले नगद ३० हजारसँगै मेडल र प्रमाण पत्र प्राप्त गरे । यसैगरि, प्रतियोगितामा त्रिभूवन आर्मी क्लबका राजन खत्री दोस्रो भए । उनले उक्ट दुरी १२४ मिनेट ५९ सेकेण्डमा पार गरेका थिए । उनले नगद २५ हजार, मेडल र प्रमाण पत्र पाए ।
 तेस्रो भएक आर्मीकै ज्ञानप्रसाद भट्टराईले उक्त दुरी १२५ मिनेट ४८ सेकेण्डमा पार गरे । उनले नगद २० हजारसहित मेडल प्रमाणपत्र हात पारे । विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पुरस्कार वितरण गरेका थिए । पूर्वाञ्चलमा पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा एथलेक्टिक्स खेल र पर्यटनलाई एकैसाथ प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको सुनसरी एथलेटिक्स संघका अध्यक्ष विरेन्द्रलाल चौधरीले बताए ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे