एभरेष्ट साँझमा फेशन शो

कलेजका विद्यार्थीहरुले कागज, चाउचाउका खोल, ब्याण्डेज, प्रयोग गरिसकेको जिन्सका कपडालगायत फालिएका वस्तुहरुबाट तयार गरिएको आकर्षक पहिरनमा मोडलहरु प्रस्तुत भएका थिए । कलेजकी विद्यार्थी सोनी थापाले दैनिक जिवनमा प्रयोग गरिहेका विभिन्न बस्तुहरुलाई पुनः प्रयोग गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको बताईन् । कलेजका विद्यार्थीहरु उमा भिमाल (इटहरी) कल्पना गुरुङ धरान, मेनुकादेवी तामाङ रिमेश न्यौपाने, सुजाता तामाङ (इटहरी), रोमी गुरुङ (इटहरी), सुनिता राई (पथरी), लक्ष्मी राई, टिना लिम्बू, भोलादेवी लिम्बू, विकास खड्का (दमक)ले ड्रेस डिजाईन गरेका थिए ।
कलेजका निर्देशक अनिल निरौलाले फेसनको कक्षा लिईरहेका विद्यार्थीहरुलाई प्राक्टिकल ज्ञान दिन फेसन शोमा सहभागी गराएको बताए । शिक्षिका लक्ष्मी तामाङले विद्यार्थीहरुको ज्ञान र सिपलाई उजागर गर्न फेसन शोमा भाग लिन लगाएको बताए । एक वर्ष अघिदेखि फेसन डिजाईनको पढाई शुरु गरेको कलेजमा पूर्वका विभिन्न स्थानका डेढ दर्जन विद्यार्थीहरु अध्ययनरत छन् । धरान ५ स्थित महेन्द्रपथमा रहेको कलेजले फेसन डिजाईनसँगै इन्टेरियर डिजाईनलगायत विभिन्न ३० ओटा विषयहरुमा अध्यापन गराउदै आएको छ ।
Comments
Post a Comment