जैविक विविधता संरक्षणबारे दुई दिने गोष्ठी


धरान । आदिबासी जनजातिहरुको परम्परागत ज्ञानले कसरी जैविक विविधता जोगाउन सकिन्छ भनेर क्षमता अभिवृद्धि गर्न धरानमा दुई दिने कार्यशाला सम्पन्न भएको छ । धरान ८ स्थित होटल कञ्चनजंघामा शुरु भएको गोष्ठीमा जिल्लाभरका सरकारी तथा विभिन्न आदिबासी जनजाति संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।
सो गोष्ठी आदिबासी जनजाति महासंघ केन्द्रीय समन्वय परिषद, राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ, केन्द्रीय समिति, आदिबासी जनजाति युवा महासंघ केन्द्रीय समिति र आदिबासी जनजाति गैरसरकारी संस्था महासंघले शुक्रबार र शनिबार संयुक्तरुपमा आयोजना गरेको हो । जैविक विविधता संरक्षणसँगै जलवायु परिवर्तन र पर्यावरणमा प्रदुर्षण काम गर्न आदिबासी जनजातिहरुको परम्परागत ज्ञानलाई सदुपयोग गराउने उद्देश्यले गोष्ठी आयोजना गरिएको संयोजक एवं आदिबासी जनजाति युवा महासंघका केन्द्रीय उपाध्यक्ष रामकुमार राईले बताए । ‘जैविक विविधतासम्बन्धी महासन्धी पनि छ, यसलाई नेपालमा कार्यान्वयन गराउन सरकारी र गैरसरकारी तवरबाट के कस्तो भुमिका गर्न सकिन्छ भन्ने पनि उद्देश्य हो । गोष्ठीको निष्कर्ष र महासन्धीलाई कार्यान्वयन गर्न राज्यलाई समन्वय र दबाब दिइनेछ’–उनले भने ।


दुई दिनसम्मको गोष्ठीमा कमल साम्पाङ स्रोत व्यक्तिकोरुपमा थिए । गोष्ठीमा जैविक विविधिता, परम्परागत ज्ञान र यी दुवैबीचको सम्बन्ध साथै महासन्धीबारे सहभागीहरुलाई प्रष्ट पार्नुका साथै सहभागीहरुबाट पनि धारणा लिइएको आयोजकले जनाएको छ । ‘बिशेष जातिको बिषेश ठाउँमा फरक सिप, ज्ञान हुनसक्छ । उहाँहरुबाट पनि ती प्रस्तुती गर्न लगाएर अन्त्यमा निष्कर्ष निकालेका छौं,त्यसलाई सरकारलाई बुझाएर कार्यान्वयन गराउन पहल गर्नेछौं’–राईले भने ।
गोष्ठीको उद्घाटन सत्रमा सहभागी इलाका वन कार्यालय धरानका सहायक वन अधिकृत ज्ञानकुमार लामाले नेपाल जैविक विविधतामा धनी मुलुक भएको यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए । यस्तै, जनजाति महासंघका केन्द्रीय सचिव ध्यान उरावले जैविक विविधताको सम्बन्ध आदिबासी जनजातिसँग भएकोले यसको संरक्षण गर्न दुई दिने गोष्ठीले सिप सिकाउने बताए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे