धरान फुटबल एकेडेमीका सञ्चान, खेलाडीलाई माउण्टेन बाइक
धरान । प्रतिभाशाली युवा खेलाडीहरुको खोजी गरेर उनीहरुलाई व्यावसायीक खेलाडी बनाउने उद्देश्यले धरान फुटबल क्लबले पुनः फुटबल एकेडेमी सञ्चालनमा ल्याएको छ । धरान उपमहानगरपालिकासँगको सहकार्यमा क्लबले २२ जना किसोर खेलाडी छनौट गरेर एकेडेमीको दोस्रो ब्याच सञ्चालनमा ल्याएको हो । क्लबले आइतबार एक कार्यक्रम आयोजना गरेर एकेडेमीको लागि छनौट भएका खेलाडीहरुलाई माउण्टेनबाइकसँगै आवश्यक खेलसामग्रीसमेत वितरण गरेको छ ।
क्लबले दुई बर्ष अघि २५ जना युवा खेलाडीलाई एकेडेमीमा राखेर प्रशिक्षण दिइसकेको छ । ‘व्यावसायीक खेलाडी उत्पादन होस र उनीहरुले राष्ट्रिय, अन्र्तराष्ट्रियस्तरमा क्यारिअर अघि बढाउन सकुन् भनेर एकेडेमी सञ्चालनमा ल्याएका हौं’–संयोजक एवं क्लबका महासचिव प्रताप तामाङले भने–‘दुई बर्षसम्म हामी खेलाडीहरुलाई प्रशिक्षण गराएर सक्षम, प्रतिभाशाली खेलाडी बनाउछौं ।’
क्लबका अनुसार छनौट भएका खेलाडीहरुलाई पूर्वराष्ट्रिय खेलाडीद्धय सागर घिमिरे र अर्जुन राईले प्रशिक्षण दिलाउनेछन् । एकेडेमीमा उनीहरु २ बर्षसम्म प्रशिक्षणमा रहनेछन् र त्यसअवधिमा धरान फुटबल क्लबको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगिताहरुमा पनि सहभागी हुनेछन् । प्रशिक्षण सकिएपछि भने क्लबले उनीहरुलाई राजधानीको विभिन्न ए तथा बि डिभिजन क्लबमा अनुबन्धन गराउन मद्दत गर्नेछ । ‘पहिलो ब्याचका ६ जनाले राजधानीमा बि डिभिजन क्लबकाट लिग खेलेको थियो, अहिले ६ जना खेलाडी भारतको लखनाउमा फुटबल खेल्नकै लागि लखनाउ आर्मीमा ट्रायल दिन गएका छन्’–संयोजक तामाङले भने–‘एकेडेमीका प्रशिक्षण लिएपछि युवा खेलाडीलाई व्यावसायिक क्यारिअर शुरुवात गर्न धेरै मद्दत पुग्छ ।’

Comments
Post a Comment