कलरवले प्रकाशन गृह सञ्चालन गर्ने

धरान । विगत चार बर्षदेखि कला, साहित्य र संगीतको क्षेत्रमा क्रियाशिल कलरवले कविता विधालाई बिषेश महत्व दिएर प्रकाशन गृह सञ्चालन गर्ने भएको छ । कलरवमा आवद्ध कविहरुको टिमले कलरव प्रकाशन गृह सञ्चालन गर्ने निर्णय गरेको हो ।
यो प्रकाशन गृहले साहित्यको सबै विधालाई समेटेपनि बिषेश गरि ओझेलमा परेको कविता विधालाई महत्व दिएर पुस्तकहरु प्रकाशन गर्ने जनाएको छ । कलरवमा आवद्ध युवा कविहरु हेमन यात्री, सुदिप पाख्रिन, सञ्जिव राई, राजेश बिद्रोही र चेवन राई मिलेर गृह सञ्चालनमा ल्याएका हुन् । कलरवमा भने कलाकार र साहित्यकार गरि एक दर्जन आवद्ध छन् । प्रकाशन गृहमा कविहरु आफैले लगानी गर्ने भएका छन् ।
कविता विश्वमै सर्वोच्च विधा भए पनि नेपालमा प्रकाशन गृहहरुले कविता संग्रह प्रकाशनमा कम चासो दिने गरेकोले मोफसलका कविहरु आफै जुर्मुराउनु परेको बताएका छन् । ‘आख्यानलाई प्रकाशन गृहहरुले जति मार्केटिङ गर्छन्, कवितालाई पनि गर्ने हो भने धेरै बिक्री हुन्छ । तर, त्यसो हुन सकेको छैन’–कवि हेमन यात्रीले भने–‘हामी आफै पनि कविता लेख्छौं, त्यसैले अन्य प्रकाशन गृहभन्दा फरक रहेर बिशेष कविता विधामा केन्द्रीत हुन्छौं । तर, अन्य विधालाई प्रकाशननै नगर्ने भन्ने होइन ।’ गृहले कलरव नामको त्रैमासिक साहित्यिक पत्रिका पनि प्रकाशन गर्ने जनाएको छ ।
यो टिमले प्रारम्भिक प्रकाशनकोरुपमा चाडै दिपा राई पुनको कविताकृति छुटेको बागदाता, कवि सुदिप पाख्रिनको दगुरीहिँड्ने चौबाटो र संकलित प्रसिद्ध नेपाली प्रेमकविताहरु आफ्नै छाँया पछ्याएर प्रकाशन गर्ने तयारीमा जुटेको छ । संकलित प्रेमकविताहरु प्रणय दिवस(भ्यालेन्टाइन डे)को अवसरमा प्रकाशन गर्ने योजना रहेको अर्का कवि सुदिप पाख्रिनले बताए । उनका अनुसार अधिकांश प्रकाशन गृह राजधानीमा केन्द्रीत रहेकोले मोसफलका साहित्यकार, लेखकहरुको पहँुच पुग्दैन् । कलरवले भने मोफसलका तिनै लेखक, साहित्यकारहरुको पुस्तकलाई गुणस्तरीयरुपमा प्रकाशन गर्ने लक्ष्य लिएको पाख्रिनको भनाई छ । ‘हाम्रो प्रकाशन गृह नाफा मात्रै खोज्ने हुदैन, ओझेलमा परेको साहित्यको विधालाई प्रर्वद्धन र उकास्ने काम पनि गर्छ । लगानी हामी आफै गछौं’–कवि तथा पत्रकार राजेश विद्रोहीले थपे ।
कला, साहित्य र संगीतको क्षेत्रमा नौलो काम गर्ने उद्देश्यले पूर्वको शहर धरान र इटहरीका दर्जन कवि तथा कलाकारहरु मिलेर ०६७ माघमा कलरव गठन गरेका थिए । कलरवले पूर्वमा स्थानीयस्तरदेखि राष्ट्रिय तथा अन्र्तराष्ट्रियरुपमा सभा, सम्मेलनहरु गर्दै आइरहेको छ ।
...............

                                                       माघ ७ गते कविता अनप्लग 

कला, साहित्य र संगीतको क्षेत्रमा नौलो कार्यक्रम गर्दै आएको कलरवले आगामी माघ ७ गते कविता अनप्लग नामको कार्यक्रम गर्ने भएको छ । धरान १० स्थित सैनिक भवनमा हुने कार्यक्रममा गायक तथा कम्पोजर राईमन राईको एकल कविता एवं गीत गायन(अनप्लग) कार्यक्रम हुने बिहिबार कलरवले जानकारी दिएको छ ।
कलरवका सुदिप पाख्रिनका उक्त कार्यक्रममा गायक राईले आधा दर्जन कविताहरु जस्ताको तस्तै गाउनेछन् भने राईले थप एक दर्जन गीतहरु पनि प्रस्तुत गर्नेछन् । ‘उहाँले कविताहरु अनप्लग गाउनुहुनेछ, ठ्याक्कै जस्तो कविता छ, त्यस्तै । बाँकी गीतहरु पनि गाउनुहुनेछ’–कार्यक्रमबार पाख्रिनले भने । सोही कार्यक्रममा गायक राईले कविता गाईरहदा कलाकार महेन्द्र राईले कविता, संगीत र गीतको प्रभावमा ठुलो क्यानभाषमा चित्र उतार्ने पनि कलरवले जनाएको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे