पोथी कुकुरको बन्ध्याकरण गरिदै


धरान । कुकुरको बाँच्न पाउने अधिकार सुरक्षित गर्न र प्राणघातक रोग रेबिजबाट मानिसलाई जोगाउन धरान क्षेत्रमा छाडा छोडिएका कुकुरहरुको धरानमा बध्याकरण शिविर सञ्चालन भइरहेको छ ।
पुस ४ गतेदेखि धरान उप–महानगरपालिका कार्यालय परिसरमा सञ्चालन गरिएको शिविरमा सोमबारसम्म ७० भन्दा बढी पोथी कुकुरहरुको बध्याकरण भइसकेको छ । यो शिविर हिमालयन एनिमल रेस्क्यु ट्रष्ट, धरान उप–महानगरपालिका र पेट्स होमले संयुक्तरुपमा सञ्चालनमा ल्याएको हो । ट्रष्टका प्राविधिक नारायण ढकालका अनुसार सडकमा छाडा छोडिएका पोथी कुकुरको पहिचान गरेर समातिन्छ र बन्ध्याकरण पछि पुनः त्यही ठाउँमा लगेर छोडिन्छ । यस कार्यको लागि २ वटा गाडी(भेन) पनि परिचालन गरिएको छ । शिविर पुस ९ गतेसम्म हुनेछ ।

‘अहिलेसम्म ७४ वटा पोथी कुकुरहरुको बन्ध्याकरण भइसकेको छ, पुस ९ गतेसम्म शिविर रहने भएकोले संख्या अझ बढ्नसक्छ’–प्राविधिक ढकालले भने । उनका अनुसार विगतमा सडकमा छाडा छोडिएको कुकुरहरुलाई बिष खुवाएर मारिदा उनीहरुको बाँच्न पाउने अधिकार हनन् हुन्थ्यो भने बिष दिएर मारिएका कुकुरको सिनोलाई व्यवस्थापन गर्न पनि समस्या हुने गथ्र्यो । बन्ध्याकरणले पशुको बाँच्न पाउने अधिकार सुरक्षित गरेको छ भने बग्रेल्ती बच्चा जन्माएर रेबिज फैलाउने खतराबाट पनि मुक्ति मिलेको ढकालले बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे