भेडेटारमा तेस्रो फुड फेस्टिवल हुने


धरान । पूर्वको प्रमुख पर्यटकीयस्थल भेडेटारमा तीन दिने तेस्रो भेडेटार फुड फेष्टिवल आयोजना हुने भएको छ । होटल एशोसिएशन अफ भेडेटारले बिहिबार धरान ४ स्थित होटल सेक्षमा पत्रकार सम्मेलन गर्दै पुस १६ देखि १८ गतेसम्म फेष्टिवल गर्ने जानकारी दिएको हो ।
धरानदेखि करिब १७ किलोमिटर उत्तरमा अवस्थित भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ । हरदम चिसो मौसम रहने भेडेटारमा अंग्रेजी नयाँ बर्षको अवसर पारेर पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागेको अध्यक्ष लिलाराज लावतीले जानकारी दिए । उनका अनुसार पूर्व आउने विदेशी पर्यटकहरुमा सबै भन्दा धेरै भारतीय हुन्छन् । नयाँ बर्षमा भारतीयहरुको विदा हुने भएकोले उनीहरुलाई पूर्वी नेपाल र बिषेश गरि भेडेटारमा आकर्षित गर्न फेष्टिवल आयोजना गरिन लागेको उनले खुलाए । ‘धरान र धनकुटाको पर्यटन प्रर्वद्धनमा भेडेटारको उल्लेख्य भुमिका छ, यसको अझै प्रचारप्रसार गर्न सक्यौं भने पर्यटनसँगै आर्थिक विकास पनि हुन्छ भनेर अङग्रेजी नया“ वर्ष २०१५ को अवसरमा फेष्टिवल आयोजना गर्ने निर्णय गरेका हांै’ उनले भने ।
तीन दिनसम्म हुने फेष्टिवलमा विभिन्न जाति परिकारका स्टलहरु, अर्गानिक खानाका स्टल, स्थानिय कृषि उत्पादनका स्टलहरु राखिने आयोजक होटल एशोसिएशन अफ भेडेटारले जनाएको छ । फेष्टिवल अवधीमा भेडेटारमा विभिन्न पर्यटकिय गतिविधीहरु पनि हुनेछन् । यही अवधिमा प्याराग्लाइडिङ, ¥याफ्टिङ सञ्चालन गरिनेछ । धनकुटाको तमोरमा ¥याफ्टिङ सञ्चालन गर्दै आएको धरानको एक्शन एड्भेञ्चर प्रालिले मुलघाटदेखि चतरासम्म ¥याफ्टिङमा पर्यटकहरुलाई विषेश छुट दिईने प्रालिका निर्देशक मदन ढकालले जानकारी गराए । तिन दिनसम्म हुने फेष्टिवलमा २५ विविध प्रकारका स्टलहरु हुनेछन् ।


फेष्टिवलमा करिब २० हजार पर्यटकहरु सहभागी हुने आयोजकको अनुमान छ । करिब १५ लाख खर्च हुने अनुमान गरिएको फेष्टिवलको अवधिमा भेडेटारमा करिब डेढ करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । फेष्टिबल पश्चात वर्षभरिमा भेडेटारमा २५ प्रतिशत पर्यटकहरुको वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । फेष्टिबलको ट्राभलिङ पार्टनरमा धरानको सेछ ट्राभलिङले साइडसिन र प्याकेज टुर उपलब्ध गराउने छ । फेष्टिबलमा राष्ट्रिय स्तरका कलाकारहरु निमा रुम्बा, भिषण मुकारुङ र श्रेयसी चेम्जोङको गायन, स्थानीय सांस्कृतिक गतिविधी रहने बताईएको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे