एक्सट्रिम धरानले बनायो धनकुटे रोडमा बाँसको पुल(फोटोफिचर)
धरान । गत असोज ६ गते राती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने धनकुटे रोडको पक्की पुल भत्किएर आवतजावत ठप्प छ । लामो समय वित्दा पनि सरोकारवाला निकायबाट पुल निर्माणको प्रक्रिया अघि बढेन । सर्वसाधारणहरु जोखिम मोलेरै खोला पार गरिरहेका थिए । विरामी बोक्ने एम्बुलेन्सहरु मोडिएर अर्को रुटबाट बीपी प्रतिष्ठान जान बाध्य छन् । सरकारीस्तरबाट पुल निर्माण तत्काल बन्ने छाँट नदेखे पछि धराने युवाहरु खोलामाथि अस्थायी पुल बनाउन कस्सिए । एक्सट्रिम धरानमा आवद्ध युवाहरु बिहिबार भत्किएको पुल छेऊमा बासको अस्थायी पुल बनाइदिए । यसले सर्वसाधारण पैदल यात्रीलाई आउजाउ गर्न सहज बनेको भन्दै स्थानीय खुशी छन् । ‘पुल भत्किएपछि वारपार गर्न धेरै कष्ट थियो । खोलामा झरेर उक्लनुपथ्र्यो कि घुमेर पारी पुग्नुपथ्र्यो’–बन्दै गरेको पुलअघि उभिएकी स्थानीय रत्नकुमारी राईले भनिन्–‘पक्की त नबन्ने नै भो, बासकै पुल भएपनि धेरै सजिला हुनेभयो ।’ एक्सट्रिम धरान प्याराग्लाइडिङ, साइक्लिङ, गल्फ, र्याफ्टिङलगायत खेल पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिहरुको साझा संस्था हो । सर्वसाधारणहरुलाई हिडडुल गर्नमा नै अप्mठ्यारो भइरहेकोले सजिलो