एक्सट्रिम धरानले बनायो धनकुटे रोडमा बाँसको पुल(फोटोफिचर)

धरान । गत असोज ६ गते राती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने धनकुटे रोडको पक्की पुल भत्किएर आवतजावत ठप्प छ । लामो समय वित्दा पनि सरोकारवाला निकायबाट पुल निर्माणको प्रक्रिया अघि बढेन ।
सर्वसाधारणहरु जोखिम मोलेरै खोला पार गरिरहेका थिए । विरामी बोक्ने एम्बुलेन्सहरु मोडिएर अर्को रुटबाट बीपी प्रतिष्ठान जान बाध्य छन् । सरकारीस्तरबाट पुल निर्माण तत्काल बन्ने छाँट नदेखे पछि धराने युवाहरु खोलामाथि अस्थायी पुल बनाउन कस्सिए । एक्सट्रिम धरानमा आवद्ध  युवाहरु बिहिबार भत्किएको पुल छेऊमा बासको अस्थायी पुल बनाइदिए । यसले सर्वसाधारण पैदल यात्रीलाई आउजाउ गर्न सहज बनेको भन्दै स्थानीय खुशी छन् । ‘पुल भत्किएपछि वारपार गर्न धेरै कष्ट थियो । खोलामा झरेर उक्लनुपथ्र्यो कि घुमेर पारी पुग्नुपथ्र्यो’–बन्दै गरेको पुलअघि उभिएकी स्थानीय रत्नकुमारी राईले भनिन्–‘पक्की त नबन्ने नै भो, बासकै पुल भएपनि धेरै सजिला हुनेभयो ।’
एक्सट्रिम धरान प्याराग्लाइडिङ, साइक्लिङ, गल्फ, र्याफ्टिङलगायत खेल पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिहरुको साझा संस्था हो । सर्वसाधारणहरुलाई हिडडुल गर्नमा नै अप्mठ्यारो भइरहेकोले सजिलो बनाइदिन अस्थायी पुल बनाइदिएको एक्सट्रिम धरानले जनाएको छ । युवाहरुले २० घना बाँस खपत हुने अनुमान गरेपनि बढी नै खपत भयो । सबै खर्च युवाहरुले आफ्नै गोजीबाट निकालेका थिए । बाँसको पुल परम्परागत प्रविधि, शैली प्रयोग गरेर निर्माण गरिएको छ ।
 ‘यो ब्यस्त सडक हो, सम्बन्धित निकायले पहिल्यै ध्यान दिएको भए जनताले दुख्ख पाउदैन थिए’–एक्सट्रिमका अध्यक्ष लेखमणी जिमीले भने–‘जनतालाई हिडडल गर्न समस्या भइरहेको छ, त्यसैले सजिलो बनाइदिउ भनेर हामीले बनाइदिएका हौं ।’ सरकारका मात्रै मुख नताकी जनता आफै पनि जुट्ने हो भने देश निर्माण हुने उनले बताए । यही युवाहरुको टोलीले गत बैशाखको भुकम्पले सबैभन्दा बढी धनजनको क्षति पुगेको सिन्धुपाल्चोकमा पनि राहत लिएर गएको थियो ।
यो पुल सडक विभागले निर्माण गरेको थियो । सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख रामचन्द्र राउतका अनुसार असोजमा नै नयाँ पुल निर्माणबारे विभागमा प्रस्ताव गरिएको छ । त्यहाँबाट निर्णय भएर आउपछि मात्र डिजाइन र सर्वेको काम शुरु हुन्छ । ‘विभागको निर्णय आउनै बाँकी छ, सबै प्रक्रिया सक्दा ३ महिना लाग्नसक्छ’–उनले भने । यो पुल भत्किएपछि बीपी प्रतिष्ठान पुग्न र धरानको पश्चिमी क्षेत्र जान सर्वसाधारणहरु भानुचौक क्षेत्रबाट पुतलीलाइन हुदै आउजाउ गर्नु परिरहेको छ । यो पुल धरानको ८ र १९ नम्बर वडा जोड्ने महत्वपुर्ण पुल पनि हो । कोशी राजमार्गबाट छुटिएको धनकुटे रोड बीपी प्रतिष्ठान जाने मुख्य बाटो हो । यही बाटो भएर दैनिक सयौंको संख्यामा एम्बुलेन्स र अन्य सवारीहरु ओहोरदोहोर हुन्थ्यो । बीपीसँगै धरानको पश्चिमी वडाहरु १९, १८, १७ वडा र चतरा जान पनि प्रयोग हुन्थ्यो ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे