आयोजकको पोल्टामा भेट्रानको उपाधि(फोटोफिचर)


धरान । पुर्वको सबैभन्दा ठुलो पुरस्कारको प्रथम पुर्वाञ्चल गोठबहादुर स्मृति भेट्रान फुटबल प्रतियोगिताको उपाधि आयोजक धरान भेट्रान फुटबल क्लबले जितेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको फाइनलमा विराटनगरको सिएमजि भेट्रान क्लबलाई ५–१ गोलअन्तरले हराउदै उपाधि जितेको हो ।
पुर्व राष्ट्रिय खेलाडीद्धय सुरेन्द्र तामाङ र डिल्लीराम श्रेष्ठ(मिलन) प्रेरित आयोजकले जितसँगै नगद ७५ हजार र ट्रफी हात पार्यो भने उपविजेता सिएमजीले ४० हजारमा नै चित्त बुझायो । आयोजकलाई उपाधि दिलाउने क्रममा पुर्व राष्ट्रिय खेलाडी डिल्लीरामले ह्याट्रिक गरे । उनले पहिलो हाफको २०औं र दोस्रो हाफको १८ र २८ औं मिनेटमा गोल गर्दै फाइनलमा ह्याट्रिक पुरा गरेका थिए । खेलमा पहिलो गोल भने पुर्व राष्ट्रिय खेलाडी सुरेन्द्रले गरेका थिए । खेल शुरु भएको दोस्रो मिनेटमा नै उनले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । तर, छैटौ मिनेटमा सिएमजीका बुद्धि धराहीले गोल गर्दै खेल बराबरी बनाए पनि उनको गोल सान्त्वनामा सिमित भयो । आयोजकको लागि दोस्रो हाफको २५ औं मिनेटमा लक्ष्मण मगरले थप एक गोल गरेका थिए ।

फाइनल खेलको म्यान आफ दि म्याच आयोजकको मणी तामाङ घोषित हुदै टि सर्ट र नगद १५ सय पाए । सर्वोत्कृृष्ट खेलाडी घोषित हुदै सुरेन्द्र तामाङले नगद ५ हजार हात पारे भने ५ गोल गरेका डिल्लीरामले हाइ स्कोररको नगद ५ हजार पुरस्कार पाए । विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष रोमी मोक्तान, प्रमुख अतिथि एवं कोशी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी ज्ञानबिक्रम शाह, सुनसरी जिल्ला खेलकुदविकास समितिका अध्यक्ष धनप्रसाद राई, धरान फुटबल क्लबका अध्यक्ष किसोर राई, डिएसपी सुदम सिजापतिलगायतले पुरस्कार वितरण गरेका थिए ।


असोज १३ गतेदेखि शुरु भएको प्रतियोगितामा झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाका विभिन्न ११ वटा भेट्रान क्लबहरुले भाग लिएको थियो । पुरस्कार राशी र सहभागीताको दृष्टिकोणले पुर्वमा क्षेत्रीयस्तरको यो नै पहिलो र ठुलो प्रतियोगिता हो । प्रतियोगिताको लागि हाल अष्ट्रेलियामा रहेका धरानका पुर्व खेलाडी किसोर राईसँग क्लबको तीन बर्षे प्रायोजन सम्झौता भएको छ । सम्झौता अनुसार धरान १६ घर भएका पुर्व खेलाडी राईले आफ्नो बुबा गोठबहादुर राईको स्मृतिमा हुने प्रतियोगितालाई बार्षिकरुपमा २ लाख रुपैया प्रायोजन गर्नेछन् ।

























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे