राम तामाङ जिआरयु बर्थ डे च्याम्पियन(फोटोफिचर)


धरान । तेस्रो धरान सोसाइटी जिआरयु बर्थडे एमेच्योर गल्फ प्रतियोगिताको उपाधी इटहरीका राम तामाङले जितेका छन् । पार ७० को निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा मंगलबार आयोजित प्रतियोगितामा ४ अण्डर ६६ स्कोर गर्दै तामाङले उपाधि जितेका हुन् ।
स्ट्रोक प्लेको आधारमा भएको प्रतियोगितामा ८ ह्याण्डी क्याप खेलाडी तामाङले कुल ४ ओभर ७४४ को स्कोर गरेका थिए । उनले फ्रन्ट र ब्याक नाइनमा समान ३७ को कार्ड बनाएका थिए ।  विजेता तामाङले रनिङ ट्रफीसहित नगद ९ हजार बराबारको उपहार भौचर पनि हात पारे । च्याम्पियन बनेपछि तामाङको एक ह्याण्डी क्याप घटेर ७ कायम भएको छ । यसैगरी, प्रतियोगितामा एक ओभर ७१ स्कोर गरेका जुनियर गल्फर १३ बर्षीय रितेश तामाङ दोस्रो भए । उनी विजेता राम तामाङका छोरा हुन् । नियमित गल्फ खेलिरहेका रितेश २७ ह्याण्डीक्यापका एमेच्योर हुन् । उनले फ्रण्ट नाइनमा १५ ओभर ५० र ब्याक नाइनमा १३ ओभर ४८ स्कोरको कार्ड बनाएका थिए । उनले ट्रफीसँगै ६ हजारको गिफट भौचर पाए ।
यस्तै, १२ ह्याण्डीक्याप खेलाडी विष्णु  लिम्बुले पनि एक ओभर ७१ स्कोर गर्दै तेस्रो भए । कुल १३ ओभर ८३ स्कोर गरेका उनले फ्रन्ट नाइनमा ६ ओभर ४१ र ब्याक नाईनमा ७ ओभर ४२ स्कोरको कार्ड बनाएका थिए । दोस्रो भएका रितेशसँग समान एक ओभर स्कोर भएपनि ब्याक काउण्टको आधारमा उनी तेस्रो भएका थिए । उनले ट्रफी र ५ हजार बराबारको गिफ्ट भौतर थापे । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका खेलाडी काजी राईले वेष्ट ग्रोसको पुरस्कार पाए । पाँच ह्याण्डीक्याप खेलाडी उनले फ्रण्ट र ब्याक नाईनमा समान ३८ स्कोर गर्दै ६ ओभर ७६ स्कोरको कार्ड बनाएका थिए । उनले ट्रफीसँगै ६ हजार बराबारको गिफ्ट भौचर थापे ।
प्रतियोगितामा लङ्गेष्ट ड्राइभको पुरस्कार एनआरएन हङकङका अध्यक्ष ललित आङबुहाङले जिते भने नियरेष्ट टु दि पिनको पुरस्कार धरान गल्फ क्लबका अध्यक्ष पुर्ण लिम्बुले पाए । मोष्ट बार्डिजको पुरस्कार इन्द्र राईले जिते । प्रतियोगितामा २९ एमेच्योर खेलाडीहरु सहभागी थिए । विजेता खेलाडीहरुलाई आयोजक धरान गल्फ क्लबका अध्यक्ष पुर्ण लिम्बु, सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनप्रसाद राई, जिआरयु ब्रुनाईका क्याप्टेन विष्णु लिम्बु, सुनसरी टेक्निकल कलेजका अध्यक्ष लेखीराज सुब्बा, एनआरएन हङकङका अध्यक्ष ललित आङबुहाङले पुरस्कार वितरण गरेका थिए । ब्रुनईमा कार्यरत गोर्खा रिजर्ब युनिटको जिआरयु ब्रुनाई गल्फिङ फ्रेन्डस्को आर्थिक सहयोगमा तीन बर्षदेखि एमेच्योर प्रतियोगिता शुरुवात गरेको हो । प्रतियोगिताको पहिलो सँस्करणमा एन्सु लिम्बु र दोस्रो सँस्करणमा नयन राई विजेता बनेका थिए ।



















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे