राष्ट्रियताको पक्षमा स्रष्टाहरुको स्वाधिन आवाज(फोटोफिचर)

       
                 नेपाल बचाउ, बचाउ हे नेपाली
संविधानले खुशी छौ यसपाली
परनिर्भरताले मुलुक अस्तब्यस्त भयो
आत्मनिर्भर बन्नेतर्फ कुरा हाम्रो गयो
चाकडी र चाप्लुसीमा कति दिन टिक्ने
छिमेकीको गुलाम भई हाम्रा नेता बिके..।

दोहोरी गायिका गंगा गौतमले लोकभाका हालेर शनिबार दिउँसो धरानको भानुचौकस्थित लोकतान्त्रिक चौतारीमा गाउदा उपस्थित अन्य स्रष्टा एवं सर्वसाधारणहरुले तालीको गडगडाहटले समर्थन गरिरहे ।

नेपालको नयाँ संविधानप्रति असन्तुष्ट भारतले मधेश आन्दोलनको कारण देखाउदै अघोषितरुपमा नाकाबन्दी गरेपछि राष्ट्रियतामाथि हस्तक्षेप भएको भन्दै अहिले नेपालीहरु स्वाधिनता र राष्ट्रियताको आवाज उरालिरहेका छन् । युवा, विद्यार्थी एवं आम नेपालीहरु सडकमा भारतीय कदमको विरोधमा छन् । सुनसरीका स्रष्टाहरुले पनि सडकमा आफ्ना सृर्जनामार्फत नाकाबन्दीकोरुपमा भएको भारतीय हस्तक्षेपको विरोध गरिरहेका छन् ।
सुनसरी स्रष्टा मञ्चको आयोजनामा राष्ट्रियताको पक्षमा स्वाधिन आवाजमा शनिबार गायिका गौतमले झै कवि, साहित्यकार एवं गायकहरुले गीत, कवितामार्फत भारतीय कदमको विरोध मात्रै गरेनन्, सृर्जनामार्फत आफ्नै देशका नेताहरुलाई देश रहेमात्रै हामी रहने भन्दै नझुक्न आग्रह पनि गरे । कवित रमेश लिम्बुले त भारतीय प्रधानमन्त्री मोदीलाईसमेत यसरी आग्रह गरे,ः
आग्रह छ मेरो,
उठाएर फाइदा बाध्यता र विवशताको
ननिमोठ्न घाँटी पर स्वाधिनताको
नगर्न हत्या सह अस्तित्वको
नछिन्न अधिकार छिमेकी जनताको
नदेखाउन दम्भ तागत र शक्तिको
नसार्न जंगेपिलर, नखोस्न अधिकार सर्वभौमसत्ताको ।

इटहरीबाट शुरु भएको स्वाधिन आवाज अभियानमा शनिबार अग्रज साहित्यकार श्री सुब्बा, राजकमार कार्की, बद्रीविशाल पोख्रेल, डा.भीम खतिवडा, केशव वाग्ले,केशवकुमार सुनामसँगै युवा कविहरु थीरलोचन श्रेष्ठ, श्रीशीशा राई, प्रफुल्ल भण्डारी, गायिका अञ्जु गौतम, कवियित्री वेणु काफ्लेलगायतले पनि गीत, कविताहरु सुनाएका थिए । गायिका गौतमले देश रहेमात्र आफु रहने भन्दै गीतमार्फत तराई, पहाड, हिमाल सबैले हस्तक्षेपको विरोध गर्न आह्वान गरिन्,ः
यो देश रहेमा मात्रै हामी नि रहौला
मातृभुमीलाई हस्तक्षेप गर्दा कस्ले पो सहुला



मेचीकाली हिमाल तराई, एउटै हामी
कोही छैन पराई...।
आयोजक संस्थाका अध्यक्ष वम देवानले राष्ट्रिय स्वाधिनताको पक्षमा आवाज उठाउन स्रष्टाहरु एकजुट भएको र आफ्ना रचनाहरुमार्पmत जनता जगाउन अभियान थालिएको बताए ।
















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे