इन्धन भर्न रातभर लाम(फोटोफिचर)


धरान । ‘पाइयो! पाइयो! पाइयो !! आज राती २ बजे पेट्रोलको लागि लाइनमा बसेर ५ सयको पेट्रोल भटभटेमा भरेर भर्खर घर आइयो ।’ ठुलो युद्ध जितेझै धरानका युवा नेता राजेन्द्र राईले बिहिबार बिहान करिब ६ बजेतिर फेसबुकमा पोष्ट गरे । उनको यो पोष्टले सवारीसाधन गुडाउन आवश्यक इन्धन नपाएर नेपालीहरु कति कष्ट व्यहोर्नु परिरहेको छ भन्ने प्रष्ट पार्छ ।
नेपालको नयाँ संविधान जारी भएपछि असन्तुष्ट भारतले दुई सातादेखि अघोषितरुपमा नाकाबन्दी  गरेको छ । जसले गर्दा भारतबाट पेट्रोलियम पदार्थ विगतमा जस्तो सहजरुपमा नेपाल आएको छैन । भारतले छिटपुटरुपमा मात्रै इन्धनका ट्यांकरहरुलाई नेपाल आउन दिइरहेको छ । यसको मारमा सर्वसाधारण नेपालीहरुलाई परिरहेको छ । दुई सातादेखि पेट्रोल, डिजेल र ग्याँस नपाएर जनता छटपटिरहेका छन् । सार्वजनिक सवारीसाधानहरु न्युन संख्यामा गुडिरहेको छ । भारतले तत्काल नाकाबन्दी खोल्ने संकेत नगरेकोले नजिकिदै गरेको चाड दशै, तिहार र छठ पर्व पनि प्रभावित हुने देखिएको छ ।

यसैबीच, पुर्वको विराटनगर रानी र काकडभिटट भन्सार हुदै मंगलबार र बुधबार केही ट्यांकर इन्धन नेपाल भित्रिए पछि बिहिबार मेची र कोशीका पेट्रोल पम्पहरुले सर्वसाधारणको लागि इन्धन वितरण गरेको थियो । बुधबार नै तेल वितरण हुने खबर आगोसरी फैलिएपछि मध्यरात देखि नै पेट्रोल पम्पमा मोटरसाइकल, टेम्पो, कारलगायतको लाम लागेको थियो । धरानको अरुण, अटल, हिमालय, राजेश र शिवभक्त पेट्रोल पम्पमा सर्वसाधारणहरु तेल भर्नका लागि घण्टौंसम्म लाम लागेका थिए । पेट्रोलियम व्यावसायीहरुका अनुसार धरानको प्रत्येक पम्पमा ६ हजार लिटरको दरले पेट्रोल आएको थियो । प्रत्येक पम्पबाट मोटरसाइकललाई ५ सय, टेम्पोलाई ७ सय र कार, भेनलगायत ठुला गाडीलाई एक हजार रुपैयाको दरले इन्धन दिइएको व्यावसायीले जनाएको छ ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे