अघिल्लो साँझमा नै पेट्रोल लिन लाम


धरान । साँझ परेपछि मानिसहरु कार्यालय वा आफ्नो काम सकेर घर फर्कन्छन्, अनि आफ्नो सवारीसाधान थन्काउछन् । तर, सोमबार साँझ भने धरानको दृष्य भने विल्कुल फरक थियो । साँझ ६ बजे अघि नै मानिसहरु घर जानुको साटो आप्mनो मोटरसाइकल, स्कुटी, टेम्पो र भेन लिएर पेट्रोल पम्पमा लाइन लाग्न थालिसकेका थिए ।
झण्डै दुई सातादेखि भारतले गरेको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थको आयात असहज बनेपछि सरकारले माग वमोजिम उपलब्ध गराउन सकेको छैन । जसको मारमा सर्वसाधारणहरु छन् । चाहेको बेला सर्वसाधारणहरुले पेट्रोल पाएका छैनन् । पम्पबाट कुन बेला पेट्रोल बाड्छ भनेर सर्वसाधारणहरु हरसमय चनाखो भइबसेका हुन्छन् । मंगलबार बिहान ६ बजेदेखि पेट्रोल बाड्ने भएपछि सर्वसाधारणहरु सोमबार साँझदेखि नै पम्पमा लाइन लाग्न गइसकेका थिए । बाह्र घण्टा रातभर लाइन लागेर पनि आवश्यकता वमोजिम पेट्रोल भने कसैले पाएनन । स्कुटीलाई ४ सय, मोटरसाइकललाई ५ सय, टेम्पोलाई ७ सय र ठुला गाडीलाई एक हजार रुपैयाको मात्रै पेट्रोल दिइएको थियो । मंगलबारदेखि दशैं शुरु भएकोले पनि चाडपर्वको बेला इन्धन अभावले प्रभावित हुने भन्दै सर्वसाधारणहरु चिन्तित छन् ।


व्यावसायीहरुका अनुसार मंगलबार बिहान धरानको अरुण, जयश्री अटल, राजेश र श्याभक्त पेट्रोल पम्पबाट ६ हजार लिटरको दरले पेट्रोल वितरण गरिएको थियो भने हिमालयबाट ३ हजार लिटर वितरण गरिएको थियो । व्यावसायीहरुका अनुसार लाइनमा बसेकाहरु मध्ये ५० प्रतिशतले मात्रै पेट्रोल पाएका छन् । करिब ११ हजारको संख्यामा लाइनमा उभिएका भएपनि सरदर ४ हजारको संख्यामा मात्रै सर्वसाधारणले पेट्रोल पाएको अरुण पम्पका सञ्चालक गोपाल श्रेष्ठले जानकारी दिए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे