सिसिटिभी फुटेजले चोर समातियो


धरान । एक क्लिनिकबाट नगद र कम्प्युटरको मनिटर चोरी गर्ने युवालाई सिसिटिभि फुटेजबाट पहिचान गरेर प्रहरीले पक्राउ गरेको छ । खोटाङ रतम्छा ३ स्थायी ठेगाना भएपनि हाल धरान १२ छिमेकी लाइनमा डेरा गरी बस्ने १७ बर्षीय राहुल राईलाई प्रहरीले पक्राउ गरेको हो ।
विकास खड्काले धरान ९, पुतलीलाइनमा सञ्चालन गरेको मञ्जुश्री पोलिक्लिनिकमा बुधबार बिहान चोरी भएको पत्ता लागेको थियो । पोलिक्लिनिकमा राखिएको सिसिटिभी फुटेज हेर्दा बिहान करिब ४ बजेको समयमा चोरी भएको खुलेको थियो । चोरी गर्ने युवालाई प्रहरीले पहिचान गरेपछि डेराबाट नगद, सामान र लागुऔषधसहित पक्राउ गरेको थियो ।


इलाका प्रहरी कार्यालयका अनुसार राहुलको डेराबाट नगद ९२ हजार ८ सय ८०, ३ थान एलसिडि कम्प्युटर मनिटर, लुपिजैसिक, एभिल र डाइजेलाव १७ एम्पुल पनि वरामद भएको छ । यस्तै, तामाको तार, कवाडीको सामानहरु पनि भेटिएपछि वरामद भएको डिएसपी सुदमकुमार सिजापतिले बताए । उनका अनुसार पक्राउ परेका राहुल दुई साताअघि मात्रै सार्वजनिक अपराधको मुद्दा खेपेर छुटेका थिए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे