पुर्नस्थापना गृहमा भान्साघर निर्माण
धरान । हाल सिंगापुर पुलिसमा कार्यरत धरान १६ का राजेश वान्तवा राई र धरान १६ स्थित जनपथ युथ क्लबले धरान ४ स्थित पुर्नस्थापना गृहमा भान्सा घर निर्माण गरिदिएको छ । अशक्त एवं असहाय बालबालिका एवं वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेको गृहमा भान्साघरको समस्या थियो ।नवनिर्मित भान्साघरको बुधबार दाताहरुबाट औपचारिक उद्घाटन गरिएको छ । हाल घरविदामा आएका राजेश र क्लबले आर्थिकसँगै श्रमदानसमेत गरेर भान्साघर निर्माण गरिएको हो । राजेशले आप्mना जिवित बुबा–आमा ज्ञानबहादुर र राधादेवी राईको नाममा भवन बनाइदिएका हुन् । सिंगापुर लाहुरे राजेशबाट ५० हजार ६ सय २२ रुपैया र जनपथ युवा क्लबबाट ३३ हजार ९ सय रुपैया लागतमा बनेको हो । भवनबाट त्यहाँसम्म पुग्न ह्विलचियर गुड्न सक्ने गरी अपांग मैत्री बाटो पनि बनाइएको छ ।
उक्त कक्षलाई भान्साघरसँगै तामिल दिलाउन र भविष्यमा सयन कक्षको रुपमा पनि प्रयोग गर्ने योजना रहेको गृह प्रमुख भिम राईले बताए । ‘बच्चाहरुलाई खाना खाने ठाउँको अभाव थियो, भान्सा घर बनेपछि धेरै राहत भयो’–उनले भने–‘यहाँ सिपमुलक तालिम र पछि सयन कक्षकोरुपमा पनि प्रयोग गछांै ।’ गृहमा आश्रित बालबालिकाहरुलाई बाँस, मकैको खोसेलाबाट विभिन्न सजावटको सामग्री बनाउने सिप पनि सिकाइन्छ ।राजेशका पिता ज्ञानबहादुरले छोराको सहयोग गर्ने इच्छा पहिलादेखि नै व्यक्त गरेकोले गृहलाई भान्साघर निर्माणमा सहयोग गरेको बताए । जन्म दिन मनाउन हजारौं खर्च गर्ने चलनलाई हटाउन परिवारबाट सहयोगी काममा लगानीको शुरुवात गरेको उनको भनाई छ । ‘राजेशले पहिलादेखि नै सहयोग गर्ने इच्छा गरिरहेको थियो । मलाई पनि राम्रो लाग्यो । बर्थ डे मनाउने भन्दै हजारौं रुपैया खर्च हुन्छ । त्यो पैसा यसरी सहयोग गर्दा हामीलाई पनि सन्तोष मिल्छ’–राजेशका बुबा ज्ञानबहादुरले भने ।
















Comments
Post a Comment