कार्तिक १५ मा सुनसरी टेक्निकल कलेज एमेच्योर हुने

धरान । सुनसरी टेक्निकल कलेज एमेच्योर ओपन गल्फ टुर्नामेन्टको चौथो संस्करण यही कार्तिक १५ गते आयोजना हुने भएको छ । आयोजक धरान गल्फ क्लब र प्रायोजक कलेजले मंगलबार निर्वाणा कन्ट्री क्लबमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।
क्लबका अनुसार प्रतियोगितामा धरान, इटहरीबाटसमेत गरी कम्तीमा ३० जना एमेच्योर खेलाडीहरु सहभागी हुनेछन् । प्रतियोगितामा जुनियर खेलाडीहरुको लागि पनि छुट्टै स्पर्धा गराइने क्लबका अध्यक्ष पुर्ण लिम्बुले जानकारी दिए । ‘मधेश बन्द, भारतको आघोषित नाकाबन्दीले असहज अवस्था भएपनि प्रतियोगितामा धरान र इटहरीबाट ३० जना खेलाडीहरु आउने पक्कापक्की भएको छ, हामी आयोजक र प्रायोजक प्रतियोगिताको तयारीमा जुटेका छांै’–उनले भने । प्रतियोगिताको पहिलो सँस्करणमा रामबहादुर तामाङ, दोस्रोमा सुवर्ण लिम्बु र तेस्रोमा तिलक राई विजेता बनेका थिए ।
कलेजको प्रायोजनमा ०६९ देखि यो प्रतियोगिता आयोजना हुदै आएको छ । प्रतियोगिताको लागि क्लब र कलेजबीच ५ बर्षे सम्झौता भएको थियो । जसअनुसार प्रतियोगिताको लागि कलेजले बर्षेनी ५० हजार रुपैया क्लबलाई प्रदान गर्नेछ । मंगलबार पत्रकार सम्मेलनमा कलेजका संस्थापक अध्यक्ष एवं प्रबन्ध निर्देशक लेखिराज सुब्बाले प्रतियोगिताको लागि सम्झौता वमोजिम नगद ५० हजारको चेक क्लबका अध्यक्ष लिम्बुलाई हस्तान्तरणसमेत गरेका थिए । ‘यो गल्फ कोर्ष धरानको गहना हो, यसको संरक्षण र संवद्र्धन गर्ने दायित्व हाम्रो पनि हो भनेर प्रतियोगिताको लागि सहकार्य गरेका हौं । अरुले पनि यसरी नै सहकार्य गर्दै जाने हो भने यो कोर्ष जिवन्त रहीरहन्छ’–प्रायोजक सुब्बाले भने ।
सुनसरी गल्फ संघका अध्यक्ष डि.बि.राईले ब्रिटिशहरुबाट उपहार स्वरुप पाएको गल्फ कोर्षलाई खेल्न योग्य बनाइराख्न नियमितरुपमा प्रतियोगिताहरु आयोजना भइरहनुपर्ने बताए । स्पर्धाहरु भइरहे मात्रै प्रतिभावान खेलाडीहरु पनि उत्पादन हुने उनको भनाई थियो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे