बक्सिङका आठ खेलाडी छनौट



धरान । मंसिरमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप सुनसरी जिल्लाबाट ८ जना बक्सिङ खेलाडी छनौट भएका छन् । बुधबार धरानस्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा सम्पन्न जिल्ला बक्सिङ छनौट प्रतियोगिताबाट ८ खेलाडी छनौट भएका हुन् ।
जिल्ला बक्सिङ संघका अनुसार विभिन्न ८ तौल समुहमा एक एक जना खेलाडी छन् । छनौट हुनेमा ४९ केजी तौल समुहमा सन्तोष राई, ५२ केजीममा सुलभ तुलाधार, ५६ केजीमा महेश आले र ६० केजीमा विराज राई छन् । यस्तै, ६४ केजीमा निर्मल इजम, ६९ केजीमा सौरभ लामा, ७५ केजीमा अरुण सुब्बा र ८१ केजीमा गणेश श्रेष्ठ छनौट भएका छन् ।


संघका अध्यक्ष देवेन्द्र लिम्बुका अनुसार जिल्ला छनौट भएका खेलाडीहरु आगामी कार्तिक १३ गतेदेखि पोखरामा हुने क्षेत्रीय छनौट प्रतियोगितामा सहभागी हुनेछन् । त्यहाँबाट छनौट भएपछि मात्रै खेलाडीहरु आगामी मंसिर दोस्रो साता पुर्वाञ्चलमा हुने राष्ट्रिय खेलकुदमा खेल्न पाउनेछन् ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे