सिएमजी भेट्रान विजयी(फोटोफिचर)


धरान । क्षेत्रीयस्तरको प्रथम पुर्वाञ्चल गोठबहादुर स्मृति भेट्रान फुटबल प्रतियोगितामा विराटनगरको सिएमजि भेट्रान क्लबले विजयी शुरुवात गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहिबार सिएमजिले विराट भेट्रान क्लब कोशी हरैचालाई ४–० गोलअन्तरले पराजित गर्यो ।
उपाधिको दाबेदारकोरुपमा खेल प्रर्दशन गर्दै सिएमजीले खेलअवधिभर विराटमाथि हावी रह्यो । सिएमजीले पहिलो हाफमा २ र दोस्रो हाफमा २ गोल गरेको थियो । पहिलो हाफको १६ औं मिनेटमा बुद्धिराज दराईले गोल गर्दै सिएमजीको खाता खेलेका थिए भने २९ औं मिनेटमा विजयकुमार भुजेलले गोल गरेर पहिलो हाफमा टिमलाई २–० को अग्रता दिलाए । दोस्रो हाफमा दुवै गोल भानु मगरले गरे । उनले खेलको ३९ औं मिनेट र ५९ औं मिनेटमा गोल गर्दै सिएमजीलाई फराकिलो अन्तरले जित दिलाए । सो खेलको म्यान अफ दि म्याच सिएमजीका विजयकुमार धिमाल घोषित भए । उनलाई एन्फाका नवनियुक्त उपाध्यक्ष सन्तोष बाँनियाले टिसर्ट प्रदान गरेका थिए ।

प्रतियोगितामा शुक्रबार उर्लाबारी भेट्रान क्लब मोरङ र चन्द्रगढी भेट्रान क्लब झापाबीच स्पर्धा हुने आयोजक धरान भेट्रान फुटबल क्लबले जनाएको छ । पुर्वको सबैभन्दा ठुलो पुरस्कार राशीको भेट्रान प्रतियोगितामा झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाका विभिन्न ११ वटा भेट्रान क्लबहरुले भाग लिएको छ ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे