विपन्न परिवारलाई बाख्रा वितरण

शनिबार हात लागेको बाख्रालाई उनले तत्काल बिक्री गर्न पाउने छैनन् । पाठापाठी जन्मिएपछि मात्रै बाखा्रमाथि उनको पुर्णअधिकार रहनेछ । जन्मिएको पहिलो पाठी भने उनलाई जसले माउ बाख्रा दिएको हो, उसैलाई फर्काउनुपर्ने सर्त छ । ‘यसलाई राम्ररी पाल्छुँ, स्याहार गर्छु, पछि पाठापाठी भएपछि बिक्री गरौला’–उनले भनिन् ।
पदमकुमारी झैं कमजोर आर्थिक अवस्था भएका एकदर्जन व्यक्तिहरुले शनिबार बाख्रा पाए । उनीहरुलाई रोट्रयाक्ट क्लब अफ धरान घोपाले आर्थिक उपार्जन गर्न सकुन् भन्ने उद्देश्यले बाख्रा पालनमा प्रोत्साहित गर्न एक एक वटा बाख्रा वितरण गरेको हो । संस्थाले धरान १७, रेल्वेस्थित पञ्चकन्या निमाविमा शनिबार एक कार्यक्रम आयोजना गरेर बाख्रा वितरण गर्यो । कार्यक्रमका प्रमुख अतिथि रहेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठले सबैलाई बाख्रा हस्तान्तरण गरेका थिए ।
बाख्रा पाउने थप व्यक्तिहरुमा पाँचकन्याकै टिकाराम कर्मा र मनकुमारी बिक छन् भने धरानका रामकुमारी बिक, दुर्गा पाँचकोटी, टेकबहादुर राई, टिका आचार्य, शान्ति बिक, मसिने परियार, चामबहादुर गुरुङ, कमल श्रेष्ठ, र गोमाकुमारी छन् ।

अध्यक्ष अर्यालका अनुसार जजसलाई बाख्रा दिइएको छ, ती बाख्राबाट जन्मिएको पहिलो पाठी फिर्ता लिइनेछ र त्यसरी फर्काएको पाठीलाई पुनः अरु विपन्न समुदायलाई वितरण गरिनेछ । शनिबार वितरण गरिएको बाख्राहरु अमेरिकाको न्युजर्सीस्थित फ्रेण्ड्स अफ नेपालका डा.तुलसी मर्हजनको पहलबाट प्राप्त सहयोग र रोटरी इन्टरनेशनलको आर्थिक सहयोगमा खरीद गरिएको संस्थाले जनाएको छ ।
Comments
Post a Comment