धरानको फोहोर सेउती खोलामा फालिदा पीडा भोग्नेहरु
बक्लौरी(सुनसरी) । कतिपय किसानहरुले भर्खर रोपाई सकेका छन्, कतै रोपाई जारी छ । मनसुन पनि समयमै आएको हो । त्यसैले, अब किसानहरुको मन लहलह धान फल्ने आशाले खुशी हुनुपर्ने हो । तर, सुनसरीको उत्तरी गाविस बक्लौरीमा पुग्दा भने किसानहरु अर्कै पीरमा डुबेका थिए । ‘रोपाई त सकियो, अब यी थुप्रिएको डंगुरलाई कहाँ फाल्ने भनेर चिन्तामा छुँ’–बक्लौरी ३, ननीगाउँका देवीलाल चौधरीले भने ।
उनले तीन बर्षयता कुमारखत २ को पञ्चायत माविको जग्गा अधिया कमाईरहेका छन् । उनले कमाई गर्ने स्कुलको करिब ३ विघा खेतमा हिजोआज अन्नबालीभन्दा बढी फोहोरको डंगुर फल्छ । बर्षायाम लागेपछि धरानबाट तीनढ्वाङ्गे खोला र सेउतीको बाढीले बगाएर लगेको फोहोरलाई स्थानीय कजरा र गोलझाप्रे खोलाले उनको त्यही खेतमा पुर्याईदिन्छ । अनि रोपाईमा जुट्नुपर्ने बेला देवीलालको परिवार खेतबाट फोहोर टिप्न कस्सिनुपर्छ । ‘टिप्न त टिपे, तर अब कसरी यहाँबाट हटाउने भनेर समस्या छ’–खेतको आलीहरुमा थुप्रिएको डंगुर देखाउदै उनले भने ।
देवीलाल त एक प्रतिनिधि पात्र मात्रै हुन् । उत्तरी सुन्दर शहर धरानबाट आएको फोहोरले खेतीयोग्य जमिन ढाकिएर पीडित बनेको किसानहरुको संख्या गनिसाध्य छैन । बक्लौरीका किसानका खेतको आलीमा यतिबेला फोहोरको डंगुर थुप्रिएको छ । ती फोहोरलाई कहाँ व्यवस्थापन गर्ने भनेर उनीहरु चिन्तित छन् । धरान नगरपालिका भर्खरै मात्र नेपालको तेस्रो सफा शहर भनेर घोषित भएको थियो । अहिले धरानलाई प्लाष्टिक झोलामुक्त नगर बनाउन नागरिकस्तबाट वृहत अभियान पनि थालिएको छ । तर, यही सफा शहरको फोहोरलाई सही व्यवस्थापन नगर्दा दक्षिणी गाविसका जनता पीडित हुदै आएका छन् ।
सन् २००४ को एक अध्ययनअनुसार धरान क्षेत्रबाट दैनिक ४७ टन फोहोर निस्कने गरेको छ । त्यसमध्ये अधिकांश फोहोरलाई नगरपालिकाले बाँझगरा वन समुहमा पर्ने सेउती खोला किनारमा फाल्छ । बाँकी फोहोर विभिन्न माध्यमबाट तीनढ्वाङ्गे, सर्दुलगायत खोला हुदै दक्षिणी गाविसतर्पm जाने गरेको छ । प्लाष्टिकजन्य फोहोर थुप्रिदै गएर दक्षिणी गाउँको उर्बरभुमिको एक तहसम्म गडेर बसिसकेको छ । यसले क्रमशः उत्पादन शक्ति ह्रास हुदै गएको किसानहरु बताउछन् । फोहोरले उर्बर भुमि मरुभुमिझै बाँझो बन्नसक्ने खतरा बढेकोले उनीहरु थप चिन्तित छन् । ‘पहिला म कम्तीमा ७० मन धान फलाउथे, अहिले घटेर ४०–३० मन मात्रै फल्छ’–अर्का किसान प्रशान चौधरीले भने–‘हामीमाथि साह्रै अन्याय भयो ।’
बक्लौरी गाविसबासीका अनुसार ०५० सालतिरबाट नै धरानको फोहोर सेउती खोला र तीनढ्वाङ्गे(खहरे) खोलाले बगाएर खेतबारीमा पुर्याउन थालेको हो । अहिले यो क्रमले कहालीलाग्दो रुप लिएको छ । यो समस्याले बक्लौरीबासी मात्रै होइन, त्यहाँबाट दक्षिणी गाविस सिंगिया, डुम्राहा हुदै गणेशपुरबासीहरु पनि उतिकै पीडित छन् । ‘सबैभन्दा बढी पीडा हामीलाई नै छ, बाढी आउदा मात्रै होइन, सिचाँईबाट पनि फोहोरहरु खेतबारीमा पुग्छ’–बक्लौरी २, कुमारखतका किसान सुर्यबहादुर दाहालले भने । स्थानीयकाअनुसार एक दशकअघि निर्माण गरिएको सिचाई आयोजनामा पनि खोलाबाटै पानी लगिन्छ । खोलाको पानी लैजादा सिचाईँमार्फत पनि फोहोर खेतीमा पुग्छ ।
बक्लौरी गाविसकाअनुसार सेउती खोलाले वडा १, २, ३ र ७ को खेतीयोग्य जमिन प्रभावित बनेको छ । अर्को, माछाभौडी(तीनढ्वाङ्गे) कजरा खोलाले वडा २, ४, ३ र ६ वडाहरु प्रभावित पारेको छ । यस्तै, खहरे खोला(गोलझाप्रे) ४, ८, ५, ९ वडा र सर्दु खोलाले वडा ९ र ५ का केही भागलाई प्रत्यक्ष असर पारेको गाविस सचिव शिवराज दाहालले बताए । ‘हाम्रो गाविसको आधा भागलाई नै असर परिरहेको छ, समयमै धरानले फोहोरलाई उतै व्यावस्थापन नगरे यहाँका किसानहरुको खेती अन्नबाली नफल्ने मरुभुमिझै हुन्छ’–उनले भने । बक्लौरी गाविस३ हजार ८ सय ८९ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
.....
प्लाष्टिक, सिरिञ्जदेखि मानवअंगसम्स
धरानदेखि दक्षिणीक्षेत्रमा रहेको बक्लौरी, सिंगिया, डुम्राहालगायत गाविसहरु खेतीकोलागि उर्बरभुमि हो । धरानबासीले त्यही उत्पादन भएको कृर्षिजन्य बस्तुहरु उपभोग गर्छन । किसानहरुका अनुसार बक्लौरीमा उत्पादन भएको मध्ये ४० प्रतिशत अन्नबाली तथा कृषिउत्पादन धरानमा खपत हुन्छ । तर, त्यही(धरान)का जनताको घरबाट उत्पादन भएको फोहोर भने किसानको घरखेतमा पुग्छ । ‘तपाई के खोज्न चाहनुहुन्छ ? यहाँ सबथोक पाइन्छ । प्लाष्टिक, सिरिञ्ज, कण्डम, जुत्ता चप्पल, सिसादेखि फ्यालिएको शिशुसम्म आउछन्’–फोहोरको थुप्रो कोट्याउदै नन्द बस्नेतले भने–‘यहाँबाट हामी शुद्ध दुध पठाउछौं, मसिनो बासमती चामल, ताजा तरकारी उब्जाएर पठाउछौं, त्यसको बदलामा धरानले भने हामीलाई यी सबै उपहार पठाउछन् ।’
खोलामा फालिएको सिरिञ्ज, सिसा, सिनो तथा मृत शिशुहरुको शरीर घरखेतमा पुग्नु सबैभन्दा खतरनाक भएको किसानहरुको भनाई छ । खेतमा काम गर्न जादा हात,खुट्टा सिसा, सिरिञ्जले काटेको घोचेको थुप्रै घटनाहरु उनीहरुले भोगिसकेका छन् । बेलाबेलामा गाउँका केटाकेटीहरुलाई हैजा, झागडापखलाले समाउनु, घाउ खटिरा आउनु तथा टाउको दुख्ने समस्या देखिनुलाई गाउलेहरु यही फोहोरलाई कारक मान्छन् । ‘सबैभन्दा खतरा भनेको सिरिञ्ज, सिसा र मानवअंगहरु हो, यसले हैजा, झाडापखला पनि बेला बेला फैलिएको छ’–स्थानीय सुर्यप्रसाद दाहालले भने–‘खेतमा काम गर्दा धेरैको हात, खुट्टा कतिको काटियो, खेती गर्ने गरिब किसानहरुलाई यसले आर्थिक भार थपिदिएको छ ।’
..........
कसैको उठिबास, कसैको खेत बाँझो
सुविधायुक्त सहज जीवनको कल्पना गर्दै पासाङ शेर्पाको पाँच जनाको परिवार खोटाङ जिल्लाबाट तराई झरेका थिए । उनको परिवारले बक्लौरी ३ मा घरखेत किनेर बसेका थिए । तर, उनीहरु लामो समय टिक्न सकेनन् । घरखेत नजिक रहेको कजरा खोलाको बाढीले उनको आँगनसँगैको खेतबारीमा फोहोर ल्याएर थुपाथ्र्यो । जसले गर्दा शेर्पा परिवारले खेती सक्दैनथे । अन्ततः शेर्पा परिवार गत जेठमा घरखेत स्थानीयलाई जिम्मा लगाएर पुरानै थातथलो फकिए । ‘विचरा, के गरोस त ? आँगनसम्मै बाढी आउथ्यो, फोहोरै फोहोर हुन्थ्यो, खेती गर्न सकेन’–स्थानीय प्रशान चौधरीले भने–‘अस्ति जेठमा घरखेत जिम्मा लगाएर परिवार नै खोटाङ फर्कियो ।’
शेर्पा परिवारले जस्तरी अरुले घरखेत नै छोडेर विस्थापित हुनु त परेको छैन, तर किसानहरुले खेत बाँझो राख्न भने बाध्य छन् । खेतमा आएको फोहोर संकलन गर्न समय खर्चिनुपर्ने, संकलन गर्न जादा पनि हात खुट्टा काट्ने, घोच्ने खतरा हुन्छ । यही डरको कारण हिजोआज ज्यालामा काम गर्ने खेताला पाउन पनि छोडेको किसानहरुको गुनासो छ । ‘अन्नबाली लगाउन खेतमा भएको फोहोर टिप्नुपर्छ, घोच्ने, काट्ने डरले खेताला मान्दैनन्’–उपेन्द्र कटवालले भने–‘अनि, खेत बाँझै नछोडि के गर्नु त ?’
प्लाष्टिकका झोला, बोरालगायत बगेर आएर किनारामा अड्किन्छन् र त्यसले बिस्तारै एकातर्फ फोहोर थुप्रिदै ड्याम बनाउने र खोलाले धार परिवर्तन गरेर क्षति पुर्याउने गरेको पनि किसानहरुको गुनासो छ । सरसफाई प्राविधिक शिशिर श्रेष्ठका अनुसार भौतिक क्षतिभन्दा पनि प्लाष्टिकजन्य बस्तुहरु खेतको एक तहमा गडेर बसिसकेकोले उर्बरा शक्ति नाश हुर्दै जाने र कालान्तरमा थप ठुलो क्षति पुग्ने बताए । ‘प्लाष्टिककोआयु ३ सय बर्षदेखि हजार बर्षसम्म हुन्छ भनिन्छ, हत्तपत्त कुहदैन र कुहुन थालेपछि पनि त्यसबाट निस्कने केमिकलले थप वातावरणीय र स्वास्थ्यमा असर पुग्छ’–उनले भने ।
..........
आन्दोलनको चेतावनीपछि फाल्न छोडियो
बक्लौरीबासीहरुले विरोध जनाउदै आन्दोलनको चेतावनी दिएपछि धरान नगरपालिकाले सेउती खोलामा फोहोर फाल्न छाडेको छ ।
धरान नगरक्षेत्रको फोहोर उचित व्यवस्थापन नहुदा सेउती, तीनढ्वाङ्गेलगायत खोलाले दक्षिणी गाविसका खेतीयोग्य जमिनमा थुपर्ने गरेको छ । ती फोहोरले उर्बर भुमिको उत्पादन क्षमतामा ह्रास आएको साथै जनस्वास्थ्यमा पनि असर पुगेको भन्दै बक्लौरीबासीले आन्दोलनको चेतावनी दिएका थिए । स्थानीयको चेतावनी पछि नगरपालिकाले फोहोरलाई सिधै खोलामा फाल्न छोडेको जनाएको छ ।
‘यहाँको फोहोरले दक्षिण गाविसका जनता ज्यादै पीडित रहेछन्, त्यसैले खोलामा फोहोर फाल्न छोडिसक्यौं’–नगरपालिकाका समाज विकास अधिकृत सुनिल नेपालले भने–‘खोलामा नपुग्ने गरि वनक्षेत्रको खाली जग्गामा नै फाल्न थालेका छौं ।’ उनका अनुसार आइतबार नगरपालिकाले दुई वटा साधान पठाएर बक्लौरीका किसानका खेतमा थुप्रिएको फोहोरको डंगुरलाई उठाइएको छ । ती फोहोरलाई पनि धरानमा ल्याएर व्यवास्थापन गरिने उनले खुलाए । खोलामा फोहोर फाल्न छोडेको र खेतबारीको फोहोर उठाउन गाडी आएपछि बक्लौरी गाविसबासीहरु खुशी छन् । उनीहरुले नगरपालिकाले दीर्घकालीन समाधान खोज्नेमा पनि आशा गरेका छन् । ‘आज गाडी आएर किसानका खेतबाट फोहोर उठायो, यो समस्या भविष्यमा आउन नदिन धरानले बिशेष योजना बनाउन जरुरी छ’–गाविस सचिव शिवराज दाहालले भने ।
व्यवस्थित डम्पिङ साइटको अभावमा नगरपालिकाले बाँझगरा वनक्षेत्रमा पर्ने सेउती खोला किनारमा फोहोर फाल्दै आएको छ । ती फोहोरलाई बर्षायाममा बाढीले बगाएर दक्षिणी गाविस बक्लौरी, सिंगिया, डुम्राहालगायत क्षेत्रको खेतीयोग्य जमिनमा पुर्याउने गर्छ । प्लाष्टिक, सिसा, जुत्ताचप्पललगायत फोहोर खेतीमा थुप्रिएपछि किसानहरु दशकअघिदेखि नै पीडित हुदैआएका थिए । सेउती खोला किनारमा ठुलो खाल्डो बनाएर नगरपालिकाले फोहोर फाल्दै आएपनि पछि सेउतीबाट ढुंगागिटी झिक्न ठुला गाडीहरुको ओहोरदोहोरले गर्दा बाटो बनेको र त्यसपछि खोलामा फाल्न थालेको थियो । खोलामा थुप्रिएको फोहोरलाई निकाल्न पनि अध्ययन गरेर तत्काल कदम चालिने नेपालले बताए ।
धरान क्षेत्रको फोहोर खेतबारीमा पुग्न थालेपछि ०५४ सालतिरै बक्लौरीका किसानहरुले गाविस कार्यालयमार्फत फोहोरको उचित व्यावस्थापन गर्न पत्राचार गरेका थिए । तर, अहिलेसम्म पनि सुनुवाई नभएपछि उनीहरु आक्रोशित छन् । जिल्ला वन कार्यालय, जिल्ला विकास समितिलगायत निकायमा गुनासो पोखे ती निकाय गम्भीर नभएको उनीहरुको भनाई छ । कतैबाट पार नलागेपछि पुनः एक साताअघि बक्लौरीका स्थानीय दलका प्रतिनिधि र किसानको एक टोली धरान नगरपालिकामा पुगेर समस्या समाधानको लागि आग्रह गरेको थियो भने बिहिबारको दिन फोहोर व्यावस्थापन गरिदिन आग्रह गर्दै गाविसले पत्राचार गरेको थियो । डेलिगेशन र पत्राचार पछि दुई दिनअघि धरान नगरपालिका र दलहरुको टोली स्थलगत निरीक्षणमा गएको थियो । निरीक्षणको क्रममा स्थानीयले नगरपालिकाले तत्काल गम्भीर नभए आन्दोलन थाल्ने र फोहोर धरानमै लगेर फालिदिने चेतावनी दिएका थिए । सन् २००४ को एक अध्ययनअनुसार धरान क्षेत्रबाट दैनिक ४७ टन फोहोर निस्कने गरेको छ । त्यसमध्ये अधिकांश फोहोरलाई नगरपालिकाले बाँझगरा वन समुहमा पर्ने सेउती खोला किनारमा फाल्छ । बाँकी फोहोर विभिन्न माध्यमबाट तीनढ्वाङ्गे, सर्दुलगायत खोला हुदै दक्षिणी गाविसतर्पm जाने गरेको छ ।
(०७० साउन १३ र १४ गतेको नागरिक दैनिकमा प्रकाशित)

कसरि धराने हरु सफा छन् भन्नु? कसरि धरान भन्ने सहर मा सहरिया बस्छन भन्नु? यो त उइलेनै सबैलाई थाहा हुनु पर्थ्यो कि खहरे मा फोहोर फलदा कतै न कतै त जाला नै भनेर.नगरपालिका ले केहि गर्नु पर्यो अब धराने हुनु भने को लाज मर्दो नहोस..तल तिर का बासिन्दा ले धराने लाई घृणा को दृस्टी ले हेर्न नसकुन..अब त केहि गर्ने पर्छ!
ReplyDeleteतपाईको कुरा एकदम सही हो दिप जी, किनकि अस्ति हामी बक्लौरी पुग्दा स्थानीयबासी तथा किसानहरुको आक्रोश एकदमै ठुलो थियो । उहाँहरुले भोग्नु परेको पीडा यदि हामीले भोग्नु परेको भए अहिलेसम्म के भइसक्थ्यो होला ? यो समस्या हल गर्न धरान नगरपालिकाले विकल्प तत्काल खोजी गरिहाल्नुपर्छ । धराने जनताले त फोहोरमैला व्यवास्थापनको लागि भनेर नगरपालिकालाई कर तिरेका छन्, अब नगरपालिकाको जिम्मेवारी हो । तर, नगरबासीले पनि घरको फोहोरलाई कतै पुन प्रयोग पो गर्न सकिन्छ कि ? कम्पोष्ट मल पो बनाउने कि ? भनेर विकल्प खोज्ने बेला भएको छ ।
Delete