जुनियर ब्याडमिन्टन प्रशिक्षण शिविर शुरु

धरान । खेलको विकाससँगै क्षमतावान जुनियर खेलाडी उत्पादन गर्ने उद्देश्यले शनिबारदेखि धरानमा एक महिने जुनियर ब्याडमिन्टन प्रशिक्षण शिविर शुरु भएको छ ।
राष्टिय ब्याडमिन्टन संघको आयोजना, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा धरान ब्याडमिन्टन क्लबको संयोजनमा एक महिने शिविर शुरु भएको हो । प्रशिक्षण शिविर धरान १३ स्थित पूर्व क्षेत्रीय प्रहरी आवासिय माविको कवर्ड हलमा सञ्चालन हुनेछ । शिविरमा १५ बर्षसम्मका जो कोही विद्यार्थी एवं बालबालिकाहरु सहभागी हुन पाउने आयोजकले जनाएको छ । राष्टिय तथा अन्र्तराष्टिय प्रतियोगिताको लागि जुनियर खेलाडीहरुको आवश्यकता भएकोले ब्याडमिन्टनमा इच्छुक बालबालिकाहरुको क्षमतामा निखार ल्याउन प्रशिक्षण शिविर आयोजना गरिएको नेपाल ब्याडमिन्टन संघका महासचिव रामजी श्रेष्ठले बताए ।
‘हामीलाई राष्टिय, अन्र्तराष्टिय खेलको लागि जुनियर खेलाडीको आवश्यकता छ, त्यसैले राम्रो खेलाडी उत्पादन गर्न यो प्रशिक्षण शिविर आयोजना गरेका हौं’–महासचिव श्रेष्ठले भने । आयोजकका अनुसार बिहान र बेलुकी गरि दुई सिफ्टमा सञ्चालन हुने शिविरमा ३५ भन्दा बढी बालबालिकाहरु सहभागी हुदैछन् । शिविरको स्थानीय संयोजक धरान ब्याडमिन्टन क्लबका अध्यक्ष मनोजकुमार मेन्याङ्बोले प्रशिक्षण शिविर सकिएपछि जुनियर खेलाडीहरुबीच प्रतियोगिता आयोजना गर्ने योजना रहेको बताए । ‘शिविर सकिएपछि प्रशिक्षार्थी जुनियर खेलाडीबीच प्रतियोगिता आयोजना गरेर पुरस्कार दिइन्छ’–मेन्याङ्बोले भने । उनका अनुसार पछि कार्तिक, मंसिरको समयमा पनि पूर्वाञ्चल क्षेत्रीयस्तरको जुनियर प्रतियोगिता आयोजना गरिनेछ र विजेताहरुलाई यु–१५ को राष्टिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुने अवसर मिल्नेछ ।
प्रशिक्षण शिविरको उद्घाटन समारोहमा बोल्दै नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रमेश श्रेष्ठले खेलकुदलाई राजनैतिक प्रभाव हुन नदिन सबै सचेत रहन आग्रह गरे । जुनियर खेलाडीलाई खेलको नयाँ सिप, ज्ञान र कौशल सिकाएर अन्र्तराष्टियस्तरको खेलाडी जन्माउने लक्ष्य लिएर शिविर आयोजना गरेको उनले बताए । ‘यो हाम्रो दोस्रो शिविर हो, यसअघि पोहोर साल सिन्धुपाल्चोकमा पनि यस्तै शिविर गरेका थियौं’–उनले भने । नेपाल खेलकुद महासंघका उपाध्यक्ष केशव विष्टले खेलकुद नीति आवश्यक भएको जोडदिदै खेलकुदलाई नैसर्गिक अधिकारकोरुपमा समेटिनुपर्ने बताए । साथै,उनले खेलाडीकोस्तर हेरेर राज्यले मासिक भत्ता उपलब्ध गराउनुपर्ने पनि बताए । उद्घाटन समारोहलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र चोङबाङ, पाँचकन्या क्लबका अध्यक्ष एवं पूर्व राष्टिय खेलाडी पूर्ण लिम्बू र इटहरी ब्याडमिन्टन क्लबका अध्यक्ष मणी गुरुङले पनि सम्बोधन गरेका थिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे