साकेला उभौलीको समापन
.jpg)
किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीले धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा प्राकसस्तरीय प्रतियोगितात्मक साकेला सिलि प्रर्दशनी आयोजना गर्दै उभौलीको विधिवत समापन गरेको हो । बर्षेनी वैशाखे पूर्णिमाको दिन भूमि पूजा गरेर जिल्लाव्यापीरुपमा साकेला नाच्न शुरु गर्ने यहाँका राईहरुले औशीको दिन भव्यरुपमा प्रर्दशनी गरेर समापन गर्छन् । त्यसअघि, पन्ध्र दिनसम्म चोक चोकमा साकेला नाचिन्छ । यायोक्खाले ०५७ सालदेखि उभौलीमा यसरी सामुहिकरुपमा साकेला नाच्ने थालनी गरेको थियो ।

प्रतियोगितात्मक साकेला सिली प्रदर्शनीमा विभिन्न २३ वटा प्रारम्भिक कार्यसमितिहरुले भाग लिएको यायोक्खाका जिल्ला सचिव वलराम राईले जानकारी दिए । त्यसबाहेक छिमेकी जिल्ला मोरंग, उदयपुर र सप्तरीबाट पनि साकेला टोली धरान आएको उनले बताए।
प्रतियोगितात्मक साकेला सिलीमा सहभागीहरुलाई धरानभित्र र धरानबाहिर गरि उत्कृष्ट सहभागीता, उत्कृष्ट साँस्कृतिक सामग्री प्रर्दशनी, उत्कृष्ट भेषभुषा प्रर्दशनी, उत्कृष्ट कार्यक्रम व्यवस्थापन, उत्कृष्ट सिली प्रर्दशनी र अधिकतम सहभागीता विधामा पुरस्कृत गरिएको सचिव राईले बताए ।

प्रकृति पूजक किरात राईहरुले उभौली चाड मनाउन विभिन्न सिलि(शैली)मा नाच्ने नाच नै साकेला हो । किरातीहरुले बाली लगाउने बेला भएपछि पूर्खाहरुलाई सम्झेर भुमि पूजा गर्छन् । अन्नबाली सप्रियोस, सुखशान्ति छाओस भनेर किरातीहरु प्रकृति पुज्छन् । मंसिरमा किरातीहरुले बाली भित्र्याउनुअघि पनि भूमि पूजा गर्छन् र आफ्नो पूर्खाहरुलाई अन्नबाली चढाउछन् । यो चाडलाई उधौली भनिन्छ । मंसिरे पुर्णिमामा वाली भित्र्याउने बेला भएपछि भने उधौली पूजा गर्छन् ।
Comments
Post a Comment