'I Have A Dream'

उहिल्यै अमेरिकाका चर्चित अश्वेत नेता मार्टिन लुथर किंगले भनेका थिए, I Have A Dream अर्थात मसँग एउटा सपना छ । उनले कुन सन्दर्भमा यो अभिव्यक्ति दिएका थिए कुन्नी । यो भनाईबाट म भने साह्रै प्रभावित छुँ । हरेक मान्छेको सपना हुन्छ । मान्छेले सपना नदेख्दो हो त आज संसारमा जे जति उपलब्धीहरु भएका छन्, ती सबै हुने थिएनन् । हामी ढुंगे युग अथवा जंगली अवस्थामै हुनेथियौ, मलाई यस्तै लाग्छ । भिञ्चीले मान्छे चरा जस्तै उडेको सपना नदेखेको भए सायद राइट दाजुभाईले त्यो सपना साकार पार्न सक्थे कि सक्दैनथे, म भन्न सक्दिन । तर, सपनाकै कारणले आज हामी चरा जस्तै आकाशमा उड्न सकेका छौं ।

मान्छेले सपना देख्छ र देख्नुपर्छ । सपना देखेकैले ऊ बाँच्छ, उसको जीवनले गति पाएको हुन्छ । नत्र, मान्छे उद्देश्यविहिन हुन्छ, गन्तव्य भेट्दैन । मान्छे सपनाकै भरमा बाँचेको हुन्छ, मलाई यस्तै लाग्छ । मसँग पनि सपनाहरु छन्, तिनै सपनाहरुको भरमा म बाँचेको छुँ । तर, मेरो सपनाहरु ठुला छैनन्, लामा छैनन् । तिनै ससाना सपनाहरुमध्य आज सामुहिकरुपमा देखेको एउटा सपना पुरा भएको छ । सन्दर्भ हो, www.clickdharan.com को कार्यालय उद्घाटनको ।
म यो वेभसाइटमा आवद्ध भएर काम गर्न थालेको पनि तीन बर्ष बढी नै पो भइसक्यो क्यारे । मलाई संस्थापक दर्शन सुब्बा र मेरा मित्र रविन गिरीले यसमा आवद्ध गराउदादेखि नै एउटा व्यवस्थित कार्यालयको सपना देखेका थियौं । तर, साकार हुन सकेको थिएन । अनलाइन मिडियाको अवधारणा नै राम्रोसँग बुझ्न नसकिरहेको नेपाली समाजमा व्यवस्थित कार्यालय स्थापनाको सपना आफैमा एक आटिलो सपना थियो र छ भन्ने मलाई लाग्छ । किनभने, छापा माध्यमका अखबारहरुलाई मात्रै नेपाली समाजले अखबर अथवा मिडियाकोरुपमा स्वीकारेको अवस्था छ । यस्तो परिस्थितिमा वेभसाइडले व्यवस्थित कार्यालय स्थापना गर्नु सहज थिएन । कार्यालय स्थापना गरिसकेपछि आइलाग्ने आर्थिक बोझले सपना चाडै टुटाउन पनि सक्छ । यो सपना पुरा गर्न के नै चाहिन्छ र, एउटा कोठा, दुईटासम्म टेवल र हामीलाई कुर्सी त थियो नि । तर, पनि हामीले आँट गर्न सकेका थिएनौं ।
म भन्दा पनि पहिला यो सपना देख्ने संस्थापक दर्शन जी हुनुहुन्थ्यो । पछि म पनि आवद्ध भएपनि यो सपनाले मलाई पनि पछ्याउन थाल्यो । मसँगै सोहन दाई र पछिल्लो समयमा विकास जीलाई पनि । तर, सबैलाई आर्थिक संकटले सताएको अवस्थामा यो सपना साकार हुन सकिरहेको थिएन । यो सपना विस्तारै ओइलाउदै थियो । तर, अष्ट््रेलियाबाट विदामा घर आउनुभएका दर्शन सरसँग भेट भएपछि फेरि यो सपना तंग्रिन थाल्यो, नयाँ पालुवा पलाउन थाल्यो । मोवाइल फोटो कन्टेष्टको बिषयमा कुराकानीको क्रममा कुरै कुरामा एक दिन उहाँले २, ३ महिनापछि कोठा खोजेर कार्यालय राख्नु पर्ला भनेर झन् हुटहुटी जगाइदिनुभयो । कोठा र नेटको पैसा उहाँले नै तिरीदिनु हुने उहाँको भनाई । त्यसपछि  त के चाहियो हाम्लाई । फोटो कन्टेष्टको विजेतालाई पुरस्कार वितरण गर्दा नै कार्यालयको पनि उद्घाटन गर्ने योजना बन्यो र आज(०७० साउन ८ गते बुधबार) सपना साकार बनाउन सफल पनि भयौं । फेरि त्यो सपना पुरा नहुदै अनगिन्ती सपनाहरुको चाङ थपिइसकेको छ ।
कार्यालयको लागि कोठा त खोज्यौं, तर उद्घाटन र पुरस्कार वितरण समारोह आयोजना गर्न पर्याप्त ठाउँ थिएन । कार्यक्रम कहाँ आयोजना गर्ने भनेर आज बिहानसम्म पनि तय भइसकेको थिएन । तर, पिस मिडिया रिक्रिएशनका आदरणीय दाजुको सहयोगले हाम्रो सपनाले फक्रने अवसर पायो । उहाँको सहयोग तिरिनसक्नुको छ । यो सपना साकार हुनुमा सबैभन्दा ठुलो भुमिका र योगदान दर्शन सरको छ । हुन त संस्थापक भएको हैसियतले यो उहाँको दायित्व पनि थियो । तर, उहाँले म छुँ भनेर नभनिदिनु भएको भए र मन खुलेर लगानी नगरिदिनु भएको भए, आज रिबिन काटिने थिएन । अनलाइन पत्रकारिताको बारेमा छलफल, बहस हुने थिएन । उहाँले हाम्रो हरेक कुरामा साथ दिनुभयो, जसले गर्दा हामीलाई काम गर्न थप जाँगर र हौसला दियो । कहिल्यै कुनै बिषयमा यस्तो भएन, त्यस्तो भएन भनेर गुनासो गर्नु भएन । बरु उल्टै हाम्रो गुनासो, समस्यालाई बुझिदिनुभयो । आजको कार्यक्रमले पत्रकारिता विकासको अग्रपंक्तिमा रहेको धरानलाई थप उचाईमा पुर्याउने वा कोसेढुंगा सावित हुने काम गरेको छ । ती मनकारी व्यक्ति(दर्शन सुब्बा) प्रति म व्यक्तिगतरुपमा हार्दिक आभार प्रकट गर्छु । उहाँ बिहिबार काठमाण्डौं जादै हुनुहुन्छ र त्यसपछि अष्ट्रेलिया उड्नुहुनेछ । अहिल्यै, अग्रिमरुपमा शुभयात्रा है त दर्शन सर । 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे