न्युक्लियर बम होइन, अरु सोचौं

धरान । नर्सिङ तथा चिकित्सा विज्ञान अध्ययनरत एक हुल विद्यार्थीहरु न्युक्लियर बमको चित्र भएको कागज बोक्छन् । एकछिन यसो सोच्छन्, र न्युक्लियर बमको चित्रलाई अर्कै सुन्दर आकृत्रिमा परिवर्तन गर्छन् ।
बमलाई कसैले सुन्दर युवती बनाए, कसैले पुतली, कसैले रुख, कसैले माछा र गमला बनाए । विश्वशान्तिको लागि न्युक्लियर बम ठुलो चुनौती बनिरहेको छ, तर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुले भने शुक्रबार त्यही बमलाई सुन्दर आकृतिमा बदलेर विश्व शान्तिको कामना गरेका हुन् । करिब अढाई घण्टासम्म सय भन्दा बढी विद्यार्थीहरुले बमलाई यस्तै सुन्दर आकृत्रिमा बदलिरहे ।
‘न्युक्लियर बमबाहेक अरु सोचौं भन्ने सन्देश दिएका हौं, सृर्जनात्मक सोच बनाउदा बमबाटै सुन्दर चिजहरु बन्दो रहेछ’–सामाजिक उत्तरदायित्वको लागि चिकित्सक नेपाल, विद्यार्थी समुहले नेपाल(पिएसआरएन)का सदस्य रंजित जसराजले भने–‘बममा लगानी गर्न छोडेर शिक्षा, स्वास्थ्यजस्ता उपयोगी क्षेत्रमा लगानी गरौं भन्ने सन्देश हो यो ।’
जुलाई ६  देखि १३ सम्म विश्वव्यापीरुपमा न्युक्लियर निशस्त्रीकरण सप्ताह मनाइने गरिएको छ । प्रतिष्ठानस्थित पिएसआरएनले पनि सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै नेपाल पनि न्युक्लियर प्रयोगको विपक्षमा भएको सन्देश दिएको हो । ‘बमबाट बनेको सुन्दर चित्रहरुलाई हामी आइ.सि.ए.एन.डब्लु. नामको संस्थालाई पठाउछौं, उसले यी फोटोहरु विश्व शक्ति राष्ट्रका प्रमुखहरुलाई देखाएर विश्वका जनता न्युक्लियर बमको प्रयोगमा बन्देज लगाउने पक्षमा छन् भनेर दबाब दिनेछन्’–बाम बाहेक अरु सोचौं कार्यक्रमका संयोजक राजेन्द्र बस्नेतले भने । यसअघि, नेपालजस्तै साना तथा विकासोन्मुख, विकाससिल राष्ट्रहरुको पहलमा जैविक अस्त्रको प्रयोगमा प्रतिबन्ध लागेकोले आणविक अस्त्रको निशस्त्रीकरण अभियानमा पनि नेपालको साथ हुनुपर्ने उनले बताए ।
जापानको नागासाकी र हिरोसिमाको त्रासदी भोगिसकेको विश्वले शितयुद्धताका फेरि आणविक अस्त्र प्रयोग हुने त्रास फैलायो । त्यसैबेला रसिया र अमेरिकाका दुई वैज्ञानिकले आइ.पि.पि.एन.डब्लु.नामको संस्था खडा गरेर न्युक्लियर निशस्त्रीकरण अभियानको थालनी गरेका थिए । सन् १९८५ मा यो संस्थाले नोबेल शान्ति पुरस्कार पनि पाएको थियो । ‘नेपालमा आणविक अस्त्र छैन भनेर हामी नेपाली चुप लागेर बस्ने अवस्था छैन, हाम्रा छिमेकी मुलक भारत, चीन र पाकिस्तान आणविक अस्त्रले सुसज्जित छन्’–रंजित जसराजले भने–‘ती मुलुकबीच जतिबेला पनि युद्ध हुनसक्छ र त्यसको पीडा हामीले भोग्नुपर्छ, त्यसैले यो विश्वव्यापी अभियानमा हाम्रो साथ हुनुजरुरी छ ।’
विद्यार्थीहरु आफैले एक हजार वटा शान्तिको प्रतिककोरुपमा सारस बनाएका छन् । उनीहरुले ती सारसलाई जापान पठाउनेछन् । स्न १९४५ मा अमेरिकाले खसालेको एटम बमको असरले क्यान्सर भएकी सडको नामकी बच्चीको स्मृतिमा विश्वभरिबाट ती सारस जापान पठाउने गर्छन् । क्यान्सर पीडित सडकोले एक हजार वटा सारस बनाउदा इच्छा पुरा हुने जापानी किंवदन्ती सुनेपछि कागजबाट सारस बनाउन थालिन्, तर उनको बीचमै मृत्यु भयो । पछि उनका साथीहरुले एक हजार वटा सारस बनाएर सडकोको इच्छा पुरा गरिदिएका थिए । ‘फेरि त्यस्तो भयानक घटना र पीडा नदोहोरियोस भनेर विश्वभरिबाट सारस जापान पठाउने गरिन्छ’–संयोजक बस्नेतले भने ।
संयोजक बस्नेतका अनुसार न्युक्लियर निशस्त्रीकरण सप्ताहअन्र्तगत वेभसाइट धधध।नययमदथभलगपभक।भक बाट शक्ति राष्टहरुलाई न्युक्लियर बन्देज लगाउने सन्धी लागु गराउन दबाब दिने अभियान पनि जारी छ । यसअघि, आणविक हतियार, त्यसको असर र नेपालीले किन यो अभियानमा लाग्ने भन्ने बिषयमा अन्र्तक्रिया भएको र अखबरका सम्पादकलाई चिठी लेखन प्रतियोगिता पनि आयोजना भएको संयोजक बस्नेतले बताए । उनका अनुसार शनिबार न्युक्लियर निशस्त्रीकरण सप्ताहअन्र्तगत धरानमा चेतनामुलक साइकल र्याली पनि आयोजना हुनेछ । 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे