इन्टरनेटको संसारमा मेरो यात्रा
सुचना र प्रविधिको समय हो यो । इन्टरनेट र विभिन्न सामाजिक सञ्चालहरु मान्छेको अपरिहार्य आवश्यकता बनिसकेको छ । नेपाल जस्तो तेस्रो मुलुकका हामी जनता पनि इन्टरनेट बिनाको जीवन कल्पना गर्नसकिरहेका छैनौं । म पनि अपवादमा पर्ने व्यक्ति होइन । करिब एक दशकअघि याहु म्यासेन्जर चालाउदै शुरु भएको हो मेरो इन्टरनेट एवं सुचना प्रविधिको संसारको यात्रा । त्यसैक्रममा करिब तीन बर्षअघि मेरो यो ब्लग तयार भएको थियो । धरानकै अनलाइन कम्प्युटर्सले ब्लग सम्बन्धी पत्रकारहरुलाई ज्ञान दिलाएपछि मैले आफैले बनाएको थिएँ । ब्लग त बनाएँ, तर त्यतिबेला मलाई ब्लगको पुर्णज्ञान भने थिएन । कार्यब्यस्तताले गर्दा पनि ब्लगलाई समय दिन सकिन ।
समय बित्दै जादा फेसबुक एकाउण्ट बनाएर समय बिताउन थाले । ट्विटरको संसारमा पनि प्रवेश गरे । ट्विटरले मेरो मन तान्न सकेन । एकाण्ट मात्रै बनाए, एउटै पनि ट्विट गरिन । फेसबुलमा मन अडिएको छ, तर फेसकुब चलाउदा पनि सन्तुष्टि मिलिरहेको छैन । फेसबुकमा पल पलको घटना, गतिविधिहरु अपडेट हुने भएपनि किन हो कुन्नी मलाई केही महिनाअघि पुरानो ब्लगको सम्झना आयो । तर यो ब्लगलाई कसरी अपटेप गर्ने अथवा पुनः सुचारु गर्ने भनेर मैले कुनै भेउ पाउन सकिन । फेसबुकमा विस्तृत भावना, अनुभूति पोख्न नपाइने र उपलब्धिविहिनरुपमा च्याटिङमा समय बित्ने भएकोले पनि मलाई ब्लगको आवश्यकता महसुस भइरहेको थियो । असार तेस्रो साता तिर एक दिन म पहिला काम गरेको औजार दैनिकका प्रधान सम्पादक भिम राई ज्वाला दाईले आफ्नो ब्लगको स्वरुप पुरै फेरिएको देखाइदिदा मेरा मनमा पनि त्यस्तै गरि ब्लग बनाउन पाए हुन्थ्यो भन्ने चाहना फेरि उम्रियो । उहाँको ब्लगलाई पोखरामा सुचना प्राविधिलाई कार्यक्षेत्र बनाइरहनु भएका मित्र अनुज कुलुङले नयाँ रुपरंग र स्वरुपमा बनाइदिनु भएको रहेछ । भिम दाईले नै मलाई अनुज जीसँग भेट गराइदिनु भयो र अनुज जीको सहयोगले नै मेरो पुरानो ब्लगलाई नयाँ डिजाइनमा यो स्वरुपमा ढालिदिनु भएको हो । मेरो ब्लगको स्तर बढाउन दिमाग र समय खर्चिएर अनुज जीले मलाई ठुलो गुन लगाउनु भएको छ, उहाँ प्रति म सधै आभारी रहने छुँ । मलाई ब्लग चलाउन पनि निक्कै रुचि र जाँगर चलेको छ ।
धन्यवाद ।

ब्लग ले सन्तुष्टि दिन्छ किनकी यसमा आफ्नो सिर्जना स्टोर गर्न पाइन्छ / तर मलाई यो ब्यबस्थान गर्न नै आएन /
ReplyDeleteव्यावस्थापन गर्न आउदैन भने अलिकति खर्च गरेर व्यावस्थापनमा दखल राख्ने मान्छेलाई काम गराउनु पर्यो नि कामरेड ।
Deletela ramro santusti linu Rohit...
ReplyDeleteहवस् शोभा जी, मजाले नै सन्तुष्टी लिनेछु अब । फेसबुकले पनि मलाई सन्तुष्टी दिन सकेको छैन ।
Deleteब्लग त मलाइ पनि मन परेको हो तर खै कसरी बनाउने हो? कोहि कसैको सहयोग पाए म पनि आभारि हुने थिएँ । भाइ मलाइ पनि सहयोग गरिदिनुस है।
ReplyDeleteकृष्ण दाई, मैले त बल्ल बल्ल सुधार गरेको छुँ, त्यो पनि सह्दयी मित्र भेटेर । यस्तो मौका सबैले पाउन सक्दैन । मान्छे भेटिए पनि मन भएको भेटिदैन । म अपवादमा परे । तपाई हाम्रो भेट भएपछि मैले जाने जतिको सहयोग गरौला नि है ।
DeleteKrishna bantawa Ji la www.facebook.com/anuz.kulung ma contact garna anurodh garchhu maile sake jati garawla.
Deletewww.drsathi.blogspot.com मा स्वास्थ्य सम्बन्धी जानकारी राख्ने प्रयास गरेको छु । मित्रहरुले हेर्न सक्नु हुनेछ ।
ReplyDeleteधन्यवाद, डा.सुर्य पराजुली, म अवश्य पनि हेर्नेछु ।
Delete