पूर्वका कलाकारहरु सम्मानित

धरान । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पूर्वका दर्जन बढी विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान एवं कदर गरेको छ । 
प्रतिष्ठानको चित्रकला विभाग तथा हस्तकाला विभागले सोमबार धरानमा आयोजना गरेको कला प्रर्दशनी कार्यक्रममा सम्मान गरेको हो । सम्मानित एवं कदर पाउने हुनेहरुमा सबै भन्दा बढी कला क्षेत्रका व्यक्तिहरु छन् । प्रतिष्ठानले विराटनगरका कलाकार गोपाल कलाप्रेमी, इनरुवाका साहित्यकार उपेन्द्र पागल, लेटांगका श्रीप्रसाद किरात र धरानका पत्रकार हर्ष सुब्बालाई सम्मान गरेको हो । समारोहका प्रमुख अतिथि एवं प्रतिष्ठानका कुलपति किरण मानन्धरले सम्मान पत्र प्रदान गरेका थिए । 
यसैगरि, प्रतिष्ठानले कलाकार स्वयमप्रकाश श्रेष्ठ, अनुराधा थापा, गंगा सुवेदी, महेन्द्र राई, प्रनोद दत्त, सरोजा खड्गी, कृष्णप्रसाद श्रेष्ठ, ध्रव डंगोल, योगेन्द्र पालुंवा, छत्र कार्की, बुद्धराज शाक्य र श्यामकुमार श्रेष्ठलाई कदर पत्र प्रदान गरेको छ । देश एवं समाजमा आ आफ्नो क्षेत्रबाट पुर्याएको योगदानको मुल्यांकन गदै सम्मान एवं कदर गरिएको प्रतिष्ठानले जनाएको छ । सिद्धि नेवा परिषदको सभाहलमा आयोजित चित्रकला एवं हस्तकला प्रर्दशनीको पनि कुलपति मानन्धरले उद्घाटन गरेका थिए । 
प्रर्दशनीमा धनकुटाको आँखिसल्ला, पथरी, संखुवासभा, भोजपुरलगायत जिल्लाबाट हस्तकलाका विभिन्न सामग्रीहरु राखिएका छन् । अघिल्लो दिन घण्टाघरमा आयोजित कार्यशालामा तयार गरिएको चित्रका साथै विभिन्न कलाकारहरुको चित्र पनि प्रर्दशनीमा छन् । प्रदशनी मंगलबार बिहानसम्म चल्नेछ । सोमबार नै साहित्यकार उपेन्द्र पागलले नेपाली कलामा पूर्वाञ्चलका कलाकारहरुको योगदान बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने उनको कार्यपत्रमाथि कलाकार गोपाल कलाप्रेमीले टिप्पणी गरेका थिए । 
यसैगरि, चित्रकला र हस्तकाला प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा कक्षा ४ देखि ६ सम्मका विद्यार्थी समुहतर्फ शारदा नमुना बालिका उच्चमाविकी जुना राई प्रथम भएकी थिइन् भने विजयपुर उच्चमाविकी इसिका राई दोस्रो र युरेका आवसिय उमाविकी लेविका राई तेस्रो भएकी थिइन् । यसैगरि, कक्षा ७ देखि कक्षा ९ सम्मको समुहतर्फ युरेकाका लेमी राई प्रथम, सैनिक आवासिय उमाविका विरासत मगर दोस्रो र युरेका आवसियकी स्मृति राई तेस्रो भएकी थिइन् । हस्तकालातर्फ  युरेकाका लेमी राई प्रथम, होली गार्डेनका सुवासेनी मरहटा दोस्रो, होली गार्डेनकै अंशु बास्तोला तेस्रो र सैनिक आवसियका अविलाश लिम्बु चौथो भएका थिए । 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे