लायन्स क्लब अफ धरान बुढासुब्बाको पदभार हस्तान्तरण

धरान । शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ धरान बुढासुब्बाको २०१३-२०१४ बर्षको लागि भिष्मा चेम्जोङले अध्यक्षको पदभार लिएकी छिन् ।
क्बलद्धारा आयोजित पदभार हस्तान्तरण एवं भेटघाट कार्यक्रममा बर्ष २०१२-२०१३ का अध्यक्ष हरिबहादुर कार्कीले चेम्जोङलाई पदभार हस्तान्तरण गरेका थिए । पदभार हस्तान्तरणसँगै क्लबमा प्रवेश गरेका नयाँ सदस्यहरुलाई पनि स्वागत गरिएको थियो । क्लवको प्रथम उपाध्यक्षमा चन्द्रमणी मगर, द्वितीय उपाध्यक्ष भारती सुब्बा, सचिव देवकुमार सुब्बा, कोषाध्यक्षमा कल्पना लिम्बू लगायत १८ सदस्यीय कार्यसमिति छ । पदभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष कार्कीले सामाजिक काममा नयाँ समितिले थप सक्रिय हुने अपेक्षा राखे । यसअघि, वातावरण संरक्षण, शिक्षा र स्वास्थ्यमा केन्द्रीत रहेर निस्वार्थ भावनाले समाजसेवा गरेको भन्दै उनले पदमा नरहे पनि निरन्तर सहयोग गर्ने बताए ।
क्लबका संस्थापक प्रथम अध्यक्ष विपिन सुब्बाले अमेरिकामा सन् १९१७मा स्थापना भएको उल्लेख गर्दै स्थानीयस्तरको सामाजिक कामलाई विश्वव्यापी बनाउने उद्देश्य रहेको बताए । समाजबाटै आम्दानी गर्नेहरुलाई केही प्रतिशत मात्र भएपनि खर्च गरेर समाजको सेवा गराउन क्लबले प्रेरित गर्ने उनले बताए । ‘स्थानीयस्तरमा मात्रै होइन, विश्वमा दैवि वा प्रकृतिक प्रकोपको बेला लायन्स क्लबले निरन्तर सहयोग गर्दै आएको छ’(उनले भने । उनका अनुसार हाल विश्वभर १४ हजार भन्दा बढी क्लब गठन भइसकेको छ र ४० लाख बढी सदस्यहरु छन् ।
कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष राजकुमार राई, क्लबका पूर्वअध्यक्ष नरेश इवारम, संस्थापक सचिव एवं भातृसंगठन लियो क्लबका अध्यक्ष दिपेन्द्र निरौलालगायतले पनि बोलेका थिए । पदभार ग्रहण गर्दै अध्यक्ष चेम्जोङले निस्वार्थ भावनाले सामाजिक कार्यमा सक्रिय रहने प्रतिवद्धता जनाइन् ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे