पूर्वका पर्यटन व्यावसायी पहिलो पटक भारतमा
धरान । भारतको पश्चिम वंगालस्थित कलकत्तामा जुलाई ५ देखि ७ सम्म आयोजना हुने टुरिज्म टे्रड फेयर २०१३ मा सहभागीताको लागि पर्यटन व्यावसायीहरुलाई समन्वय गरिदिन आग्रह गर्दै नेपाल पर्यटन बोर्डले धरान नगरपालिकालाई पत्राचार गर्यो ।
भारतभरिका पर्यटन व्यावसायीहरु सहभागी हुने उक्त टे्रड फेयर यहाँको पर्यटकीय गन्तव्यहरु चिनाउने राम्रो अवसर थियो । तर, त्यस ट्रेड फेयरमा धरानबाट मात्रै होइन, पर्यटन बोर्डले पत्राचार गरेका पूर्वका कोही पनि पर्यटन व्यावसायी एवं संघसंस्थाहरु गएनन् । बोर्डले धरान नगरपालिकासँगै विराटनगर ट्राभल्स एशोसिएन, इलाम नगरपालिका, होटल एशोसिएशन अफ भेडेटारलाई पनि पत्राचार गरेको थियो । नेपालको पर्यटन राजधानी, पोखरा र चितवनमा मात्रै केन्द्रीत हुने गरेको पूर्वका पर्यटनकर्मी तथा व्यावसायीहरुले गुनासो पोख्ने गरेका छन् । तर, आफ्नो क्षेत्रको पर्यटकीय गन्तव्यहरुको बजार विस्तार एवं प्रर्वद्धन गर्न पूर्वका पर्यटन व्यावसायीहरु कतिको गम्भीर हुन्छन् भन्ने यो एउटा उदाहरण मात्रै हो ।
पर्यटन बोर्डले भारतीय पर्यटकहरुलाई लक्षित गरेर भारतका सिमावर्ती शहर तथा दक्षिण भारतमा बोर्डर सिटि एक्स्पो कार्यक्रम गर्दै आइरहेको छ । तर, यस्ता कार्यक्रमहरुमा आफ्नो क्षेत्रको पर्यटन प्रर्वद्धनमा अहिलेसम्म पूर्वका पर्यटन व्यावसायी तथा सरोकारवालाहरु सहभागी भएको रेकर्ड पर्यटन बोर्डसँग छैन । पर्यटनको सम्भावना तथा विकासको चर्चा चलेको लामो समयपछि पहिलो पटक हिजो(बुधबार)देखि मात्रै पूर्वका केही पर्यटन व्यावसायीहरु बोर्डर पार गरेर भारतको विहार राज्यमा पुगेका छन् । ‘हामीले इस्टर्न इन्डिया, साउथन इन्डिया, बोर्डर सिटिलगायत कार्यक्रम गरेर भारतमा नेपालका पर्यटकीय गन्तव्यहरु चिनाउदै आएका थियौं, तर अहिलेसम्म पूर्वबाट सहभागीता भएको थिएन’–पर्यटन बोर्डमा इण्डिया डेस्क हेर्दै आइरहेका दिवाकर रानाले भने–‘उहाँहरुले आफ्नै किसिमले प्रर्वद्धन गरिरहनु भएको थियो होला, अहिले ५ दिनको लागि पूर्वबाट पटना, दरभंगा, पूर्णिया जानुभएको छ ।’
बोर्डर सिटि एक्सपोबारे कलकत्ताको एक्सपो पछिमात्रै थाह पाएका पूर्वका पर्यटन व्यावसायीहरुले विहारको एक्सपोमा जान पनि त्यति इच्छा भने देखाएनन् । पाँच दिने एक्सपोमा धरानबाट सेछ ट्राभलिङ, होटल नवयुग, होटल कञ्चनजंघा, होटल एशोसिएन अफ भेडेटारका प्रतिनिधि मात्रै गए । पर्यटनको प्रचुर सम्भावना रहेपनि पूर्वका व्यावसायीहरु आफ्नो ठाउँदेखि बाहिर गएर पर्यटकीय गन्तव्यहरुलाई पर्यटकसम्म पुर्याउन नसक्नु कमजोरी रहेको पर्यटनकर्मी वासु वराल स्वीकार गर्छन् । पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने होटल व्यावसायी, ट्राभल्स एण्ड टुर एजेन्सी, उद्योग वाणिज्य संघसँगै स्थानीय निकाय नगरपालिकाले पनि पर्यटन प्रर्वद्धनमा ध्यान दिन नसकेको उनको भनाई छ । ‘हामीसँग पर्यटकलाई बिक्री गर्नसक्ने भर्जिन गन्तव्यहरु छन्, तर हामी आफ्नै एरियाभन्दा बहिर जानैसकेका छैनौं’–सेछ ट्राभलिङसँग आवद्ध वराल भन्छन्–‘यतिसम्म कि हामीसँग भएका गन्तव्यहरुको बारेमा पर्यटकहरुलाई जानकारी गराउने टुरिष्ट गाइड, पोष्टर पनि निकाल्न सकेका रहेनछौं ।’ बिहारतर्फ जानुअघि मात्रै धरान र आसपास क्षेत्रको गाइड बुक निकालिएको उनले बताए ।
एक अर्कामाथि दोषरोपण
धरानमा पर्यटन विकासको सम्भवनाहरुको खोजी हुन थालेको दुई दशक बढी भइसक्यो, तर अझै पनि पर्यटन प्रर्वद्धन हुन सकेको छैन । धार्मिक पर्यटनसँगै धरानलाई पर्यटकीय हबकोरुपमा विकास हुनसक्ने सम्भावना रहेर पनि हुन सकेको छैन । पर्यटन व्यावसायीहरु स्थानीय सरकारकोरुपमा रहेको जिविस र नगरपालिकाले बजेट र नीतिको व्यवस्था गर्न नसकेको आरोप लगाउने गरेको छ भने स्थानीय निकाय पर्यटन व्यावसायीहरुमाथि दोष थोपर्ने गरेको छ । स्थानीय निकाय जनप्रतिनिधिविहिन भएकोले पनि पर्यटन प्रर्वद्धन तथा विकासले गति लिन नसकेको पूर्व मेयर तथा हाल होटल कञ्चनजंघाका सञ्चालक मनोजकुमार मेन्याङ्वोको भनाई छ । ‘पर्यटनको कुरा ४६ सालपछि नै उठेको हो, तर ०५५ सालदेखि शिक्षा, स्वास्थ्य र पर्यटनलाई धरानको विकासको प्रमुख आधार मानेर हामीले दीर्घकालीन भिजन बनाएपनि निरन्तरता पाउन सकेन’–उनले भने–‘हामीसँग पर्यटनको विकास कसरी गर्ने भन्ने नीति, कार्यक्रम नै छैन, इच्छा शक्तिको पनि अभाव छ ।’
पूर्वमेयर मेन्याङ्वोको कार्यकालमा पर्यटन क्षेत्रमा लगानी बढाउनको लागि होटल निर्माण गर्नेलाई लिजमा जग्गा उपलब्ध गराउने, विभिन्न करमा छुट दिनेलगायतको घोषणा भएको थियो । तर, अपेक्षाअनुसार लगानी भने हुन सकेन । ०५५ सालमा धरान महोत्सव, ०५६ सालमा धरान उत्सव, ०५७ सालमा धरान शतबार्षिकी महोत्सवमा व्यापक जनसहभागिताले धरानमा पर्यटन विकास सम्भावनालाई उजागर गरेको थियो । तर, स्थानीय निकाय जनप्रतिनिधिविहिन भएपनि नेतृत्व अभाव खट्कियो । त्यसपछि नगरपालिकाले पर्यटनलाई बजेट र नीति दुवैमा प्राथमिकता दिएको छैन । ‘होटल र ट्राभल एजेन्सीहरुले पनि पर्यटकीय गन्तव्यहरुलाई प्याकेज तयार गरेर बिक्री गर्न सकेका छैनन्’–पूर्व मेयर मेन्यांबोले थपे ।
धार्मिक तथा ऐतिहासिक महत्वको विजयपुर क्षेत्रको पर्यटन विकासमा वृहत्तर विजयपुर गुरुयोजना बनाउने घोषणा गरेपनि हालसम्म नगरपालिकाले बनाउन सकेको छैन । पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको पर्यटन कार्यालय काकडभिट्टाले सन् २०११ मा धरानको पर्यटनको गुरुयोजना बनाइदिएपछि त्यो कागजमै सिमित बनेको छ । ‘खासगरि बजेटको समस्या हो, जनस्तरबाट पनि पर्यटनको भन्दा बढी सडक, ढललगायत विकासनिर्माणको माग हुन्छ’–नगरपालिकाका सुचना अधिकृत भक्तिराज शर्माले भने–‘दीर्घकालीन योजना नभएर पनि समस्या हो, सरोकारवाला होटल व्यावसायी, ट्राभल्स एजेन्सी र उद्योग वाणिज्य संघले पनि पर्यटन विकासमा यसो गरौं भनेर ठोस योजनाको खाका लिएर नआउदा समस्या छ ।’
नेपाल होटल व्यावसायी महासंघका केन्द्रीय सदस्य तथा सुनसरी उद्योग वाणिज्य संघका पर्यटन उपसमिति संयोजक महेन्द्र प्रधान पर्यटन व्यावसायी तथा सरोकारवालाहरुबीच समन्वय अभावले समस्या भएको बताउछन् । समन्वयको पहल जिविस वा नगरपालिका मातहतको पर्यटन विकास समितिले गर्नुपर्ने भएपनि ती निकाय निष्क्रिय भएकोले पर्यटन सुस्ताएको उनले बताए । ‘बजेट समस्या होइन, जिविस र नगरपालिकाले पर्यटनको विकासमा उदासिन हुनु समस्या हो’–प्रधानले भने–‘छरिएर रहेका पर्यटन व्यावसायीहरुलाई उसले एकीकृत गर्नुपर्छ, एक भएर लागिपर्यौं भने सफल हुन्छौं ।’ पर्यटन विकासको अल्पकालीन र दीर्घकालीन गुरुयोजना हालसम्म नबनेकोले पनि समस्या भएको उनले बताए । हवाई टिकटमा सिमित रहेको धरानका टुर्स एण्ड ट्राभल एशोसिएनका पूर्वअध्यक्ष कुन्दन श्रेष्ठ पनि पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा नगरपालिकाले ध्यान नदिएको ठान्छन् । ‘नगरपालिका बजेट कतैबाट आउदा जुर्मुराउछ, त्यसपछि फेरि चुपचाप हुन्छ’–उनले भने ।

Comments
Post a Comment