यौनपिपासु प्रिन्सिपलको कतुर्त पर्दाफास, होस्टलबाट छात्राहरुको उद्दार

 धरान । अभिभावकविहिन तथा गरिबका छोराछोरी पढाइदिने भन्दै सञ्चालनमा रहेको क्रिष्चियन मिशनरी स्कुलका प्रिन्पिसलले बषौंदेखि छात्राहरुलाई यौन शोषण गर्दै आएको खुलेको छ । धरान १९, जिमिचोकस्थित एमानुअल इन्टरनेशनल बोर्डिङ्ग स्कुलका प्रिन्पिसल कपिङ मरामले सोही स्कुलकी छात्राहरुलाई यौनशोषण गर्दै आएको खुलेको हो ।
होस्टलमा राखिएका छात्राहरुमाथि यौनशोषण भएको सार्वजनिक भएपछि सोमबार यहाँका महिलावादी संघसंस्थाको पहलमा प्रिन्सिपल कपिङ र उनकी श्रीमति रेदिला मरामलाई प्रहरीले पक्राउ गरेको छ । प्रिन्पिसल दम्पत्ति भारतको मणीपुुरस्थित सेनापति जिल्लाका बासिन्दा हुन् । आफ्नो श्रीमान्को कर्तुतबारे जानकार हुदाहुदै पनि पत्नीले ढाकछोप गरिरहेको खुलेपछि उनलाई पनि प्रहरीको जिम्मा लगाएको महिलाअधिकारकर्मीहरुले बताएका छन् । प्रिन्सिपलबाट पीडित भएका एक दर्जन छात्राहरुलाई पनि उद्दार गरिएको छ । उनीहरुको उमेर ५ बर्षदेखि १४ बर्षसम्मका छन् ।
आरोपित प्रिन्सिपलले आफ्नै गाउँका एक छिमेकी एक किसोरीलाई पनि यौनशोषण गरेका थिए । तिनै किसोरीको दिदीले घटनाबारे आइतबार बेलुकी धरानका महिलाअधिकारकर्मीसम्म पुर्याएकी थिइन् । पीडित ती किसोरीका अनुसार प्रिन्सिपलले यहाँ(नेपालमा) कक्षा ६ सम्म पढेपछि भारतको बेङ्लोरमा सजिलै भर्ना मिल्ने भनि आमाबुबालाई प्रलोभन दिएर उनलाई नेपाल ल्याएका थिए । उनीसँग आफ्नै कान्छा भाई र दिदीका २ जना छोरीहरु पनि आएका थिए । सन् २००६ मा धरान आउदा उनी एघार बर्षकी मात्र थिइन् ।
उनी स्कुलको होस्टलमा आउदा ज्योति नामकी एक छात्राले उनलाई प्रिन्सिपलको कर्तुतबारे बताएपनि उनीहरु त्यहाँबाट उम्कन सकेनन् । ‘त्यतिबेला म एघार बर्षकी थिएँ, ज्योतिलाई पनि बाथरुममा कतिपटक सेक्स गरेको रहेछ, उसले म आउनुबित्तिकै सबै भन्यो, र तिमीहरुलाई पनि त्यस्तै गर्छ भनेर सुनायो’–पीडित किसोरीले भनिन्–‘पछि त मलाई पनि प्रिन्सिपलले जर्बजस्ती बाथरुममा लगेर सेक्स गर्यो ।’ उनका अनुसार पीडित ती ज्योति नामकी बालिका स्कुलबाट अन्तै गइसकेकी छिन् । उनका अनुसार साना बालिकाहरुलाई भने राती ओछ्यानमा आएर प्रिन्सिपलले यौनदुव्र्यवहार गर्ने गरेका थिए ।
पीडित किसोरीका अनुसार प्रिन्सिपलले जोन नाम गरेका साथी लिएर होस्टल आउथे र औषधी भन्दै बोतलमा ल्याएको तरल पदार्थ छात्राहरुलाई पिउन दिन्थे । त्यसपछि भने सबैजना एकैचोटी बिहान मात्रै बिउझिने गरेको उनले बताइन् । ‘दिनहुजसो आएर जर्बजस्ती नराम्रो काम गथ्र्यो, विरामी हुदा पनि कहि जान नपाउने ।’–उनले भनिन्–‘ जिन्दगी नै यही नै हो भन्ने लाग्थ्यो, कसैलाई भने मार्ने धम्की पनि आउथ्यो ।’ करिब चार बर्षअघि उनकी दिदी बिहे गरेर यतै आएपछि मात्रै उनले त्यो नरकिय जीवनबाट मुक्ति पाएकी थिइन् । त्यहाँबाट निस्किएपछि आफुमाथि परेको पीडा कसैलाई भनिन् ।
उनकी दिदी न्यान्सी एक साताअघि मणिपुरस्थित माइत गइन् । त्यहाँ पुगेपछि भने उनको कान्छा भाईले आफ्नी दिदीमाथि भएको यौनशोषणबारे न्यान्सीलाई सुनाए । दिदी चार दिनअघि धरान आएर त्यसबारे सोधेपनि बहिनीले मुख खोलिनन् । ‘कान्छो भाईले भनेपछि त म अचम्मै भए, यहाँ आएर सोधेपनि बहिनीले तीन दिनसम्म भन्नै मानेन्’–दिदी न्यान्सीले भनिन्–‘हिजो आइतबार मात्रै मुख खोलि, अरुलाई पनि त्यस्तै गर्छ भनेपछि महिला दिदीबहिनीहरुलाई सुनाएँ ।’ कान्छो भाई दुई बर्षअघि मात्रै घर फर्किएका थिए ।
उद्दार गरिएकी एक पीडित बालिकाका अनुसार होस्टलबाट बाहिर जान अनुमति माग्न जादा प्रिन्सिपलले छात्राहरुलाई तानेर अंगालो मार्ने, किस खाने अनि स्तन, गुप्तांगजस्ता संवेदनशील अंगमा हात पुर्याउने गर्थे । उम्किएर भागेपनि प्रिन्सिपलले समातेर ल्याइहाल्थे । ‘हामीलाई त्यस्तो नराम्रो काम त गर्नुभएन, तर होस्टल बाहिर जादा अंकल(प्रिन्सिपल)ले किस खान्थ्यो, बुबु खेलाउथ्यो, पिसाब आउने ठाउँमा हात पुर्याउथ्यो’–आठ बर्षिय बालिकाले भनिन् ।
प्रिन्सिपल र उनका छोराले साना बालबालिकाहरुलाई डस्टरले कुट्ने र कडा सजाय दिने गरेको पनि उनीहरुले खुलास गरे । कतिको हात भाञ्चिएको र टाउको फुटेको भएपनि डरले कसैलाई भन्न नसकेको उनीहरुले पीडा पोखेका थिए । विभिन्न संघसंस्था महिलाहरु सोमबार स्कुलको होस्टलमा पुग्दा महिला होस्टलको अवस्था पनि ज्यादै फोहोर, दुर्गन्धित अवस्थामा थियो । स्कुल विदेशी सहयोगले चलेको स्कुल भएपनि प्रिन्सिपलले बच्चाहरुलाई खान दिने र आफ्नो यौन सन्तुष्टि मेट्नको लागि मात्रै सञ्चालन गरेको जस्तो देखिएको अगुवा महिला देवलक्ष्मी प्रधानले बताइन् । ‘प्रिन्पिसपलको श्रीमतिलाई पनि सबै थाह रैछ, तर उसले पनि उल्टै साथ दिएको रहेछ’–उनले भनिन् । त्रिवेणी मार्ग महिला समुकी चुङ शेर्पाका अनुसार स्कुलका कतिपय बच्चाहरु अभिभावकविहिन छन् भने भएकाहरुको पनि आर्थिक अवस्था ज्यादै कमजोर अवस्थाका छन् । तीमध्ये अभिभावकहरु नभएका बालिकाहरुलाई प्रिन्सिपलले जर्बजस्ती यौन शोषण गरेको पाइएको उनले खुलाइन् । ‘अभिभावक नभएकाहरुलाई बढी यौनशोषण गरेको देखियो’–उनले भनिन् । सोमबार नै पीडित बालिकाहरुकोतर्फबाट प्रहरीमा किटानी जाहेरी दिइएको छ । इलाका प्रहरी कार्यालयका डिएसपी चन्द्रदेव राईले यौनशोषणको कुरा आएकोले पक्राउ गरिएको र थप सोधपुछ गरेर यथार्थ जानकारी लिएपछि मात्रै मंगलबार म्याद थप गर्ने नगर्नेबारे स्पष्ट हुने बताए । ‘पीडितहरुको वयान लिनेकाम भइरहेको छ, उनीहरुको कुरा सुन्दा यौनशोषण देखिन्छ, तर बालिकाहरुले श्रीमतिलाई निर्दोष छ भनिरहेका छन्’–डिएसपी राईले भने ।
उद्दार गरिएका बालिकाहरुलाई पुनः स्कुलका पुराना शिक्षकहरुको जिम्मा लगाउने र उनीहरुलाई अर्को व्यावस्था निरन्तर पहल गर्ने अगुवा महिला देवलक्ष्मी प्रधानले बताइन् । अभिभावकविहिन एवं पीडित बालिकाहरुलाई विचल्ली नपर्ने उनले प्रतिवद्धता जनाइन् । सन् २०० मा दर्ता भएर सञ्चालनमा आएको स्कुलका प्रिन्सिपल कपिल आफै संस्थापक हुन् । उनी भारतीय नागरिक भएपनि उनैको नाममा सो स्कुल दर्ता भएर सञ्चालनमा रहेको छ । स्कुलमा नर्सरीदेखि कक्षा ७ सम्म पढाइ हुने गरेको छ । भारतीय नागरिकको नाममा स्कुल दर्ता भएकोमा महिलाअधिकारकर्मीहरुले आश्चर्य व्यक्त गरेका छन् ।
...........................................................................................................................................................
(साउन १५ गतेको नागरिक दैनिकमा प्रकाशित समाचार)
फोटो क्याप्सन:
१ र २: भाडामा घर लिएर सञ्चालनमा रहेको इमानुएल स्कुल ।

३:
छात्राहरुलाई यौन शोषण गर्ने प्रिन्सिपल कपिङ मराम ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे