तेस्रो लिङ्गीको प्रतिभालाई सबैको ताली
धरान । केही बर्षअघिसम्म दिउँसो घरबाट बाहिर निस्कदा विराटनगरकी विलासा चौधरीलाई निक्कै आपत आइपथ्र्यो । सडकमा उनलाई अनौठो मानेर हेर्थे । कतिले अपाच्य शब्दले दुव्र्यवहार गर्थे । सोमबार दिउँसो उनै चौधरी धरान १० स्थित सैनिक भवनमा र्याम्पमा उत्रदा भने उनले ताली पाइन् । क्याटवक गर्दा उनले अपाच्य शब्द होइन, सम्मानको वचन पाइन् । लैगिक तथा यौनिक अल्पसंख्यक समुदायको हकअधिकारको लागि कार्यरत निलहिरा समाज सुनसरीले सोमबार धरानमा ट्यालेण्ट तथा फेशन शो कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा विलासा जस्ता पूर्वका दर्जन तेस्रो लिंगीहरु मोडलकोरुपमा विभिन्न सिक्वेन्समा क्याटवक गरेका थिए । आफ्ना अभिभावक, आफन्त र समाजका भद्रभलाद्मीहरुबाट उनीहरुले विगतमा जस्तो गाली होइन, ताली र हौसला पाए । ‘समाज पहिलाभन्दा विस्तारै हामीप्रति सकारात्मक हुदै गइरहेको छ, यस्तो कार्यक्रमले हामीलाई पनि समाजको सामु खुलेर हिड्ने हिम्मत दिन्छ’–फेशन शो पनि विलासाले भनिन् । उनले जस्तै धरानकी दिपिका राईले पनि सडकमा हिड्दा निक्कै सास्ती भोग्नुपथ्र्यो । उनले पनि कार्यक्रममा आकर्षक नृत्य प्रस्तुत गरेर आफ्नो प्रतिभा देखा